Header Ads

द्वन्द्वले खोस्यो सर्वस्व,सहनुको सीमा हुन्छ, बाबाको हत्या, सम्पत्ति, घर र दुवै खुट्टा गुमाए !

बाके, फागुन २५ । बैजापुर ३ कुम्हारगाउँका रमरत्न चौधरीले सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन विद्रोहीको यातनाले गुमाएका दुवै खुट्टाको पीडा सहेकै थिइन् ।

त्यसको केही वर्षपछि फेरि विद्रोहीले बुबा हीरामणिको हत्या गरे । लुटपाटपछि बम पड्किएर ध्वस्त पारियो । लामो समयसम्म विस्थापित जीवन बाँचे तर, १४ वर्षअघि तत्कालीन विद्रोहीले कब्जा गरेको जग्गा फिर्ता नपाउँदा शान्ति पुनर्बालीसँगै हराउँदै गएको द्वन्द्वको घाउ पुनः बल्झिने गरेको छ ।

क्षतिपूर्ति हुनै नसक्ने उक्त घटना घटेपछि उनी शान्ति पुनर्बहालीपछि गाउँ फर्किए । कब्जा जग्गा फिर्ता हुन अझै सकेको छैन । हाल उनी कृत्रिम खुट्टटाको सहारामा हिँडडुल गर्न सक्छन् ।

‘ यो भन्दा बढी अन्याय कति सहनु ? सहनुको सीमा हुन्छ । बाबाको हत्या भयो । सम्पत्ति, घर र दुवै खुट्टा गुमाउनुपरेको छ । कान्तिपुर दैनिकबाट
Powered by Blogger.