Header Ads

स्पाइस जेट एयरको विमान पनि रनवेमै चिप्लियो, सबै सुरक्षित

एजेन्सी । भारतको बेंगलुरुबाट ७८ यात्रु लिएर आइरहेको विमान ठुलो वर्षाका कारण कर्नाटकको हुबली विमानस्थलको रनवेमा चिप्लिएको छ। अवतरणका क्रममा विमान रनवेबाट चिप्लिए पनि यात्रु र विमान सुरक्षित रहेको बताइएको छ।

स्पाइस जेटका बरिष्ठ अधिकारीहरुका अनुसार विमान बेंगलुरुबाट आइरहेको थियो । ठुलो वर्षाका कारण अवतरणका क्रममाा रनवेबाट चिप्लिएको हो । विमानमा सवार सबै यात्रु र चालक दलका सदस्य भने सुरक्षित रहेका छन् । विमानमा कर्नाटकका सूचना मन्त्री रोशन बेग पनि सवार थिए ।

मन्त्री बेगले भने–म अघिल्लो पंक्तिमा बसेको थिएँ । साँझ करिब ६ बजेर ४० मिनेटमा पाइलटले भने कि हुबली विमानस्थलमा भारी वर्षा भइरहेको छ । त्यसको करिब आधा घण्टासम्म विमान आकाशकै घुमिरह्यो । उनले भने–जब विमान अवतरण भयो, तब अवतरण निकै खराब थियो ।

विमान पूर्णरुपमा हल्लिरहेको थियो । मलाई लाग्यो कि अब सबै कुरा खत्तम भयो । तर भगवानको कृपाले विमान र यात्रुलाई केही भएन । उनका अनुसार विमान एकतर्फ झुकेको थियो।

स्पाइस जेटका मुख्य प्रशासनिक अधिकारी जीपी गुप्ताले भने–कसैलाई चोटपटक लागेको जानकारी छैन । घटनाको जानकारी डीजीसीएलाई दिइएको छ । स्पाइस जेट घटनाको विस्तृत जाँच गरिरहेको छ।
Powered by Blogger.