Header Ads

सई बनेर युवती ठग्दै हिँडेपछि

काठमाडौं, चैत्र १४ । आफू सशस्त्र प्रहरीको सई भएको विश्वासमा पारेर युवतीहरुसँग प्रेम गरी ठगी गर्दै आएका युवक पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखा हनुमानढोकाले सशस्त्र प्रहरीको नक्कली पोसाक तथा परिचयपत्र र नक्कली पेस्तोलसहित नुवाकोट नर्जामण्डप घर भएका २४ वर्षीय सहदेव श्रेष्ठलाई शुक्रबार पक्राउ गरेको हो ।

बेलाबेला सशस्त्र प्रहरीको युनिफर्म लगाइ नक्कली परिचयपत्रसमेत बनाएर उनले युवतीहरुलाई आफू सई भएको भन्दै विश्वासमा पार्ने गर्दथे । प्रहरी भएको बताउँदा युवतीहरु नजिकिने भएकाले उनले यस्तो तरिका अपनाउने गरेका थिए ।

युवतीलाई विश्वासमा लिन उनले नक्कली पेस्तोल पनि साथमै राखेका थिए । नजिकिएपछि उनले विभिन्न बहानामा पैसा माग्ने र पछि ठग्ने गरेको अनुसन्धानमामा खुलेको छ ।

 महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीका अनुसार चार लाख ८७ हजार ठगी गरेको भन्दै दुई युवतीले उनीविरुद्द उजुरु दिएका छन् । अरु युवतीलाई पनि उनले ठगी गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Powered by Blogger.