प्रधानमन्त्री कोइराला र गृहमन्त्री गौतमबीच खटपट सुरु
काठमाडौ, चैत्र १४ । अध्यागमन र भिसा प्रोसेसिङको सम्पूर्ण जिम्मा निजी कम्पनीलाई दिने विवादास्पद प्रस्तावलाई लिएर प्रधानमन्त्री सुशील कोइराला र गृहमन्त्री बामदेव गौतमबीच विवाद भएको छ।
प्रधानमन्त्री कोइरालाले शुक्रबार मन्त्रिपरिषद बैंठकमा अध्यागमन, भिसा प्रोसेसिङ जस्तो राज्यको संवेदनशिल काम निजी कम्पनीलाई दिन नहुने बताएका हुन्।
प्रधानमन्त्री कोइरालाले शुक्रबार मन्त्रिपरिषद बैंठकमा अध्यागमन, भिसा प्रोसेसिङ जस्तो राज्यको संवेदनशिल काम निजी कम्पनीलाई दिन नहुने बताएका हुन्।

उनले मन्त्रिपरिषद मातहत आर्थिक तथा पूर्वाधार समितिमा रहेको गृहमन्त्रालयको प्रस्ताव रोक्नुपर्ने बताएका छन्।
प्रधानमन्त्रीले संसदीय समिति तथा सञ्चार माध्यममार्फत प्रस्तावका विषयमा ब्यक्त चासोप्रति गम्भीर हुनुपर्ने उल्लेख गरे।
जवाफमा गौतमले प्रधानमन्त्री कार्यालयबाट गृहको प्रस्तावसम्बन्धी गोप्य सूचना चुहिएको आरोप लगाए। त्यसपछि दुबैतिर केहीबेर वादविवाद चल्यो।