Header Ads

ऐश्वर्याको कमव्याक नौ अक्टोवरमा

एजेन्सी । बलिउड नायीका तथा मीस वल्र्ड ऐश्वर्या रायले कमव्याक गरेको चलचित्र ‘जज्बा’ नौ अक्टोवरमा रिलिज हुने भएको छ ।

छोरी आराध्याको जन्म भएपछि सिने क्षेत्रबाट टाढा भएकी ऐश्वर्या पाँच बर्षपछि फेरी सिनेक्षेत्रमा ब्यस्त हुँदै छिन् ।

 चलचित्र जज्बामा ऐश्वर्याको अलवा इरफान, शबाना आजमी, अभिमन्यु सिंह, अतुल कुलकर्णी, चंदन राय सन्याल र अनुपम खेरको पनि मुख्य भूमिका रहेको छ ।

 संजय गुप्तको निर्देशन रहेको यस चलचित्रमा कमलेश पांडेय र रोबिन भट्टको पटकथा रहने छ । ऐश्वर्याको कमब्याक चलचित्र भएकोले यो चलचित्रलाई बलिउडको प्रतिक्षित चलचित्रको रुपमा हेरीएको छ ।

 उनलाई कमब्याक गराउन धेरै सनर्देशकहरुले प्रयार गरे पनि संजयले बाजी मारेका थिए ।
Powered by Blogger.