अन्तर्राष्ट्रिय उडान साँझ ६ बजेसम्म बन्दै रहने, विमानस्थल पुगेका यात्रुहरु निरास
काठमाडौँ, फागुन २३ । अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान दिउँसो २ बजेबाट सञ्चालनमा ल्याउने भनिए पनि साँझ ६ बजेसम्मका लागि पुनः बन्द गरिएको छ ।
टर्किस एयरको जहाजलाई तानेर पार्किङस्थलतर्फ लैजाने क्रममा सन्तुलन बिग्रिएका कारण जहाज अड्किएपछि तान्न समय लाग्ने भन्दै विमानस्थलले सूचना जारी गरी अन्तर्राष्ट्रिय उडान बन्द गरेको जनाएको हो ।
यसअघि विमानस्थलले पत्रकार सम्मेलन गरी बुधबारदेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज २ बजेबाट सुचारु हुने जानकारी दिइएको थियो । टर्किस एयरको जहाज अवतरणका क्रममा दुर्घटनामा परेपछि गत बुधबारदेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन । चारदिनसम्म विमानस्थल बन्द हुँदा हजारौँ यात्रु अलपत्र परेका छन् ।
आज दिउँसो २ बजेबाट अन्तर्राष्ट्रिय उडान सुचारु हुने सूचना पाएर विमानस्थल पुगेका यात्रुहरु निरास भएर फर्किएका छन् । टर्किस एयरको विमानलाई तानेर पार्किङ स्थल पु-याउन लामो समय लाग्ने तथा प्राविधिक जटिलता हुने भएकाले अझै विमानस्थल सञ्चालनबारे यकिन भएको छैन । पत्रकार सम्मेलनमा नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) का महानिर्देशक रतिशलाल सुमनले प्राविधिक जटिलता भएकाले यति नै समयमा विमानस्थल सञ्चालनमा आउँछ भनेर यकिन गर्न नसकिने बताउनुभयो ।
यसअघि उहाँले दिउँसो २ बजेबाट ९९ प्रतिशत विमानस्थल सञ्चालन हुने सम्भावना रहेको सञ्चारकर्मीलाई जानकारी दिनुभएको थियो । टर्किस एयरको जहाजलाई आज बिहान करिब ९ बजे धस्सिएको स्थानबाट करिब १५० मिटर तानेर मुख्य धावनमार्गमा लगिएको थियो । त्यहाँदेखि विमानस्थलको पूर्वपट्टिको हेलिप्याडतर्फको पार्किङसम्म पु¥याउन ६÷७ सय मिटर दूरी रहेको विमानस्थलले जनाएको छ ।