आज १०५ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाईंदै
काठमाडौं, फागुन २४ । आज मार्च ८ तारिख, १ सय ५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ । सन् १९०९ मा पहिलोपटक अमेरिकाको न्युयोर्कमा कपडा कारखानामा काम गर्ने महिलाले आफुमाथि भएको शोषण, असमानता र बढी काम गर्ने समयका विरुद्ध सडकमा आन्दोलन गरेका थिए ।
त्यसको दुई वर्षपछि सन् १९११ मा अन्तर्राष्ट्रिय समाजबादी समूहले डेनमार्कको कोपनहेगनमा महिलाको अधिकार र उनीहरुको आन्दोलनको समर्थनमा सम्मेलनको आयोजना गरे, जसमा १७ देशका एकसय जना महिलाको सहभागिता थियो । १९११ मा पहिलोपटक, अस्ट्रिया, डेनमार्क, जर्मेनी, स्विट्जरल्यान्ड आदि देशमा महिला दिवस मनाइयो ।
त्यसपछि विश्वका विभिन्न देशमा अभियानको रुपमा महिला दिवस मनाउन थालिएको हो ।
अहिले नेपाली महिलाले पनि यो आफ्नो अधिकार र स्वतन्त्रताको आन्दोलनसँग गाँसेर दिवस मनाउने क्रमले निरन्तरता पाउंदै आएको छ । पुरुष सरह महिलाको अधिकार हुनुपर्ने आवाज उठाउँदै यो दिवस मनाइन्छ । जमीन तथा उत्पादनका साधनमा समान स्वामित्व, उत्पादनमा बराबरी सहभागिता र उपभोगमा बराबरीको ग्यारेन्टी नै महिला अधिकार हो भन्न थालिएको छ ।त्यसको दुई वर्षपछि सन् १९११ मा अन्तर्राष्ट्रिय समाजबादी समूहले डेनमार्कको कोपनहेगनमा महिलाको अधिकार र उनीहरुको आन्दोलनको समर्थनमा सम्मेलनको आयोजना गरे, जसमा १७ देशका एकसय जना महिलाको सहभागिता थियो । १९११ मा पहिलोपटक, अस्ट्रिया, डेनमार्क, जर्मेनी, स्विट्जरल्यान्ड आदि देशमा महिला दिवस मनाइयो ।

सरकारले दिवसको अवसरमा आज सार्वजनिक विदा दिएको छ । दिवसको अवसरमा प्रधानमन्त्री सुशील कोइरालाले महिलालाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास र महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्न सरकारले शून्य सहनशीलताको नीति अबलम्बन गर्दै महिला सशक्तिकरण गर्ने अभियानमा एकताबद्ध हुन सबैलाई आह्वान गर्नुभएको छ ।
उहाँले संविधानसभाले अब बनाउने संविधानमा समेत महिलाका अधिकार सुरक्षित गरिने विश्वास दिलाउनुभएको छ । उपराष्ट्रपति परमानन्द झाले पनि दिवसको अवसरमा सबैलाई शुभकामना दिनुभएको छ ।
