विश्वकप क्रिकेटमा श्रीलंका र अस्ट्रेलिया भिड्दै
काठमाडौ । श्रीलंका हरेक ठूला प्रतियोगिताअघि कम चर्चामा हुन्छ र अन्त्यतिर आइपुग्दा चर्चाको शिखरमा पुग्छ। पछिल्ला दुई संस्करणको उपविजेता श्रीलंकाको सुरुआत जारी विश्वकपमा हारबाट भयो। तर त्यसपछि श्रीलंकाले लगातार तीन जित हात पार्यो। यति बेला श्रीलंका लयमा देखिएको छ। आयोजक अस्ट्रेलियाले सोही टोली श्रीलंकासँग आइतबार प्रतिस्पर्धा गर्दा घरेलु टोलीलाई सहज हुनेछैन। दुवै टोली जित हात पार्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्ने प्रयासमा हुनेछन्।
श्रीलंकालाई हारले पनि ठूलो असर पार्न सक्नेछैन तर त्यही अवस्थामा अस्ट्रेलिया भने दबाबमा पर्नेछ। समूहगत चरणको पहिलो खेलमा इङल्यान्डलाई हराएको अस्ट्रेलियाले त्यसपछि वर्षाका कारण बंगलादेशसँग अंक बाढेको थियो भने त्यसपछि अर्को आयोजक न्युजिल्यान्डसँग पराजित भएको थियो। अघिल्लो खेलमा अफगानिस्तानमाथि विश्वकप इतिहासकै फराकिलो रन अन्तरको जित हात पारेको अस्ट्रेलिया उच्च मनोबलमा छ। उक्त खेलमा अस्ट्रेलियाले पहिला ब्याटिङ गर्दै विश्वकपमा हालसम्मकै सबैभन्दा ठूलो योगफल तयार गरेको थियो। उत्कृष्ट फिल्डिङ, कसिलो तेज बलिङ र विस्फोटक ब्याटिङका कारण अस्ट्रेलिया यसपटक पनि उपाधिको बलियो दाबेदार मानिएको छ। श्रीलंका पनि कम छैन।
श्रीलंकाका भरपर्दा, खासगरी माथिल्लो क्रमका ब्याट्सम्यान उच्च लयमा छन। लाहिरु थिरमाने, तिलकरत्ने दिल्सान, माहेला जयाबद्र्धने र कुमार सांगाकाराले जारी प्रतियोगितामा कम्तीमा एक शतक आफ्नो नाममा लेखाइसकेका छन्। पहिलो खेलमा आयोजक न्युजिल्यान्डसँग पराजित भएको श्रीलंकालाई अर्को आयोजकलाई हराउने मौका यही हो। श्रीलंकाले अघिल्ला खेलमा बंगलादेश, इङल्यान्ड र अफगानिस्तानलाई हराएको थियो। ओपनिङ बलर लासिथ मालिंगा अस्ट्रेलियाका लागि पनि खतरा बन्नेछन्। डेथ ओभरमा माहिर यी बलर ‘योर्कर लेन्थ’मा विपक्षी ब्याट्सम्यानलाई हैरान पार्छन्। तर अनुभवी बलर रंगना हेराथ चोटका कारण खेल्न नसक्ने भएपछि श्रीलंकालाई स्पिन बलिङमा केही समस्या उत्पन्न हुन सक्नेछ।
अस्ट्रेलियाको बलिङ राम्रो देखिएको छ। फास्ट बलरद्वय मिचेल जोन्सन र मिचेल स्टार्क उच्च लयमा छन्। जोस हेजलउड, जेम्स फकनर र ग्लेन म्याक्सवेल पनि अस्ट्रेलियाका आशा गर्न सकिने बलिङ हतियार हुन्। म्याक्सवेल, फकनरसँगै डेभिड वार्नर आक्रामक ब्याटिङ गर्छन्। फकनर यसपटक लयमा आइसकेका छैनन्। मध्यक्रमका जर्ज बेली र माइकल क्लार्कले पनि सन्तोषजनक प्रदर्शन गर्न सकेका छैनन्। केही समयअघि लयमा देखिएका स्टिभन स्मिथको प्रदर्शन सुधारोन्मुख छ। विश्वकपमा श्रीलंकाले अस्ट्रेलियालाई सन् १९९६ को फाइनलयता भएका सबै चार खेलमा हराउन सकेको छैन। सन् २००६ को संस्करणमा श्रीलंका फाइनलमा पुगे पनि उपाधि भिडन्तमा अस्ट्रेलियासँग पराजित भएको थियो।
न्युजिल्यान्डको नजर शीर्ष स्थानमा
अर्को आयोजक राष्ट्र न्युजिल्यान्डले समूहगत चरणको आफ्नो पाँचौं खेलमा आइतबार अफगानिस्तानको सामना गर्दैछ। उक्त खेलमा जित हात पार्न सके न्युजिल्यान्ड समूह विजेतासमेत हुन सक्नेछ। न्युजिल्यान्डले अघिल्ला खेलमा अस्ट्रेलिया, श्रीलंका, इङल्यान्डजस्ता बलिया टोलीलाई हराएको थियो। – एजेन्सी