Header Ads

मिति: वि.सं.२०७१ साल फागुन १८ गते । सोमबार । हेर्नुहोस तपाईको आज कस्तो छ ?


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ। भूमि तथा मातृधनबाट लाभ लिने समय छ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। महत्वाकांक्षी योजना फलीभूत होलान् । काममा मातापिताको सहयोग प्राप्त होला। कृषि–चौपायाबाट लाभ मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। स्थायी सम्पत्ति जोड्ने मौका छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी सजिलै परास्त होलान्। आम्दानीको नयाँ स्रोत फेला पर्ने समय छ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौती सामना गर्नपर्ला। नयाँ काममा हात हाल्ने समय छ। प्रशस्त धन आर्जन गर्ने मौका छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
बोलीको गलत अर्थ लाग्ने र मान–सम्मानमा पनि आघात पुग्ने सम्भावना छ, सचेत रहनुहोस्। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ। तापनि, सहयोगीहरूले काममा साथ दिनेछन्। बिस्तारै फाइदा उठ्ने योग छ। विगतमा सम्पादित कामबाट धन लाभ हुनेछ। पठन–पाठनमा बिस्तारै प्रगति हुनेछ। अनावश्यक वादविवादमा परिने समय छ, सचेत रहनुहोला।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । तर, पेटको खराबीले स्वास्थ्यमा कमजोर बन्नेछ। सहयोगीहरूले पनि राम्रो साथ नदिन सक्छन् । विशेष काममा अवरोध आउला, सचेत रहनुपर्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
केही मात्रामा खर्च बढ्नेछ। तर, काममा लगानीबढाउने समय छ। चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ। धैर्यपूर्वक काममा जुट्नुहोला। बिस्तारै फाइदा लिने समय छ। छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । तापनि, प्रतिस्पर्धापछि फाइदा उठाउन सकिनेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
समय उत्साहवर्द्धक रहला। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पितृधनको सदुपयोगबाट राम्रो लाभ हुनेछ । नयाँ ज्ञान सिक्ने योग छ। कृषि तथा पशुपालनमा लगानी बढाउनुपर्ला। तापनि राम्रै लाभ हुनेछ। व्यापारमा प्रशस्त फाइदा हुने योग छ। दाम, नाम, इनाम हात पर्ने बेला छ । श्रमको उचित मूल्यांंकन होला। पढाइलेखाइमा पनि प्रगतिको समय छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। कर्मसिद्धिको समय छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत बन्नेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। अरूको मन जित्न सकिनेछ। पढाइमा प्रगति हुनेछ। परिश्रम परे पनि काममा सफलता मिल्नेछ। मंगलमय कार्यहरू सम्पादन होलान्। रोगबाट आराम मिल्नुका साथै स्वास्थ्य सबल बन्नेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
विगतका समस्या बल्झिन सक्छन्। सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ला। आजको भ्रमण उपलब्धिमूलक नहुन सक्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। प्रयत्न गर्दा व्यावसायिक काम भने यथावन् सम्पादन हुनेछन्। इष्टदेवको पूजा–उपासनाले तपाईंलाई फाइदा हुनेछ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn :
दिन मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । तर व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ । यात्रामा केही समस्या आउलान् । अलि बाध्यताका काममा जुट्नुपर्ने योग छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिने बेला छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। काममा अधिकार प्राप्तिका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । तापनि, फाइदा उठाउन सकिनेछ। प्रतिस्पर्धीहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ने देखिन्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
सुखद समाचारले अझ उत्साह बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा हुन सक्छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला।


© Copyright : baralguru, All Rights Reserved.

Powered by Blogger.