बाक्लो हिमपातका कारण खुम्बु क्षेत्रको जनाजिवन प्रभावित
युवास तामाङ, नाम्चे बजार सोलुखुम्बु । हिजो बिहान करिब बिहान ११.०० बजे बाट पर्न सुरु गरेको बाक्लो हिमपात बाट खुम्बु क्षेत्रमा निकै प्रभाव पारेकाछन।

अहिले सम्म पनि हिमपात हुन रोकिएको छैन, यस बाक्लो हिमपातका कारण यहाँ घुम्न आउने पर्यटकहरु पनि आवतजावत गर्न कठिनाई भएको सगरमाथा राष्ट्रिय निकुन्जको कार्यालय नाम्चे बजारले जनाएको छ
भने तेन्जिङ हिल्लारी बिमानिस्थल लुक्लामा हवाई उडान समेत ठप्प हुदा हवाई यात्रुहरु अलमलमा परेका छन्।

करिब ३ फिटको हाराहारीमा परेको हिउले नाम्चे बजार,खुम्बुजुङ,खुन्दे र थामे लगाएतका टेलिफोने सेवा , इन्टरनेट सेवा र बिधुद सेवामा अबरोदध पुर्याएका छन् ।
यस क्षेत्रको तापक्रम हाल -९ डिग्री रहेको र भोलि सम्म पनि हिमपात यथावत रहने मौसम पूर्व अनुमान महासाखाले जनाएका छन ।
