ब्लु फिल्मको भकारी - थाहा पाउनुहोस् कसरि र कहाँ हुन्छन ?

अम्मर जिसी र जीवन पुडासैनीको खोजीनितीले भन्छ- तन्नेरीदेखि बूढापाकासम्मले आफ्ना ल्यापटप र मोबाइललाई नीलो फिल्मको भकारी बनाएका छन्। काठमाडौँको पुतलीसडकमा रहेको कम्प्युटर तथा मोबाइल मर्मत केन्द्रमा नयाँ बानेश्वरका एकजना ५५ वर्षीय पुरुष बेला–बेलामा आउने गर्छन्। खानदानी परिवारका उनले घरको एउटा कोठालाई थिएटरका रूपमा प्रयोग गरेका छन्। कोठामा स्तरीय साउन्ड सिस्टम जडान गरिएको छ। भित्तामा ४८ इन्चको एलईडी टेलिभिजन टाँसिएको छ। आवाज बाहिर नजानेगरी कोठालाई साउन्डप्रुफ बनाइएको छ। उनको कोठाको सेटअप देख्दा जो कोही पनि लोभिन्छन्।

ती पुरुष कम्प्युटर, मोबाइल, टीभी वा साउन्ड सिस्टममा केही समस्या आउँदा मर्मत केन्द्रबाट प्राविधिक घरमै लगेर बिग्रिएको सामान बनाउन लगाउँछन्। मर्मत केन्द्रका प्राविधिकको सहयोगीका रूपमा हामी उनको घर गएका थियौँ। उनको कोठामा जडान गरिएको साउन्ड सिस्टम मर्मत गरेपछि ती पुरुषले आफ्नो रुचिबारे बताएका थिए। ‘आज नयाँ भाइहरू आउनु भएछ, साउन्ड चेकसँगै मुड फ्रेस गरेर जानुस्,’ यसो भन्दै उनले टीभीमा नीलो फिल्म लगाए। ‘रमाइलो तन्नेरीहरूले मात्र गर्ने होइन, हामीले पनि गर्नुपर्छ,’ उनी भन्दै थिए, ‘मलाई राम्रो साउन्ड सिस्टम र ठूलो स्त्रि्कनमा पोर्न मुभी हेर्न खूब मन पर्छ।’ उनले आफ्नो पारिवारिक अवस्थाबारे धेरै बताएनन्।
तर, हामी कोठाबाट बाहिरिँदै गर्दा उनले भने, ‘श्रीमतीले छोडेर गइहाली। त्यही भएर दिन कटाउने नयाँ उपाय अपनाएको छु।’न्युरोडमा रहेको कम्युटर मर्मत केन्द्रमा हामी अवलोकन गरेर बसिरहेका थियौँ। एकजना अधबैँसे आफ्नो ल्यापटप मर्मतका लागि आएका थिए। उनलाई ल्यापटप बिग्रेको भन्दा पनि त्यसमा भण्डारण गरिएको सामग्रीको बढी चिन्ता थियो। ‘भाइ, यो अन भएपछि सबैभन्दा पहिला त्यो मुभीको फाइलचाहिँ यो हार्डडिस्कमा कपी गरिदिनुस् है,’ पोर्टेबल हार्डडिस्क थमाउँदै उनले भने। ल्यापटप मर्मतका लागि छोडेर उनी बाहिरिएपछि मर्मतकेन्द्रका प्राविधिकले त्यही ल्यापटप खोले। ल्यापटपमा आएको समस्या सामान्य भएकाले उनको ल्यापटप अन भयो।
ल्यापटपधनीले भनेजस्तै सबैभन्दा पहिला उनले भनेकै फाइल हार्डडिस्क कपी गर्न फाइल खोल्दा करिब ५० जीबीका संसारका टप पोर्नस्टारका पोर्न फिल्म संकलन गरेको भेटियो। प्राविधिकले उनले भनेजस्तै हार्डडिस्कमा ती फिल्म कपी गरिदिए। बलाज बस्ने धादिङका २८ वर्षीय रमेश पाठकको झोलामा कहिले नछुट्ने भनेको ३ सय २० जीबीको कम्प्युटरको पोर्टेबल हार्डडिस्क हो। उनले दिनरात झोलामा बोकेर हिँड्ने यो हार्डडिस्क पनि पोर्न मुभीले भरिएको छ। उनी साथीहरू, जसले पोर्न मुभीको कुरा गर्छन्, झोलाबाट हार्डडिस्क निकालेर ‘लेटेस्ट मसँग छ’ भन्दै साथीहरूका लागि कपी गरिदिन तम्सिहाल्छन्। ‘हार्डडिस्कमा पोर्न मुभी संकलन गर्ने सोख जस्तै भइसक्यो,’ उनी भन्छन्, ‘नयाँ पोर्न मुभी संकलन गर्छु र साथीहरूले माग्दा उपलब्ध गराउँछु। दिनमा दुईतीनवटा पोर्न मुभी हेरेन भने मलाई छटपटी हुन्छ।’ यो हार्डडिस्क घरका अन्य सदस्यसँग जोगाउन भने उनलाई मुश्किल पर्ने गरेको छ। ‘दाइहरूले कहिलेकाहीँ सोध्नुहुन्छ के छ यसमा? त्यतिबेला मुटुले ठाउँ छोड्छ। अहिलेसम्म अफिसका डकुमेन्ट भनेर ढाँटिरहेको छु,’ उनी भन्छन्।
मर्मतका लागि आउने गरेका डेस्कटप तथा ल्यापटपमध्ये सबैजसोमा धेरै वा थोरै ब्लू फिल्मको संग्रह हुने गरेको कम्प्युटर तथा मोबाइल मर्मत गर्ने प्राविधिकहरू बताउँछन्। शुक्रवारले नमुना सर्वेक्षणका लागि काठमाडौँ उपत्यकाको १० वटा कम्प्युटर मर्मत केन्द्रमा एक दिनमा मर्मतका लागि आएका ५० वटा कम्प्युटरलाई आधार मानेर अध्ययन गरेको थियो। मर्मत केन्द्रका प्राविधिकहरूको सहयोगमा गरिएको अध्ययनमा ५० मध्ये ४८ वटा कम्प्युटरमा पोर्न मुभी स्टोर गरेको पाइएको थियो। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक डा. रवि शाक्य कसैले आफ्नो कम्प्युटर तथा मोबाइलमा पोर्न मुभी स्टोर गरेर राख्नु तथा बेलाबेलमा हेर्नुलाई सामान्य रूपमा लिनुपर्ने बताउँछन्। ‘तर, यसो भनेर किशोरकिशोरीले पोर्न मुभी अचाक्ली हेर्ने गरेका छन् भने त्यसबाट नकारात्मक असर उत्पन्न हुन सक्छन्,’ उनी भन्छन्, ‘यसप्रति अभिभावकहरू सजग हुनुपर्छ।’
डा. शाक्य थप्छन्, ‘यो युग पोर्न मुभीको पनि हो। प्रविधिका कारण यो अति नै सर्वसुलभ भएकाले यसलाई बन्देज वा नियन्त्रण गर्न सम्भव हँुदैन। कसैले यौन सन्तुष्टि तथा रमाइलोका लागि पोर्न मुभी हेर्ने गरेको छ भने त्यो ठीकै होला तर दैनिक कामकाजमा खलल पुग्नेगरी पोर्न मुभी हेर्ने गरेको छ भने त्यसलाई चाहिँ पोर्न एडिक्टका रूपमा लिनुपर्ने हुन्छ। अत्यधिक पोर्न मुभी हेर्नाले मानिस सेक्सको कुलत तथा सेक्स विचलनको शिकार हुन सक्छ।’ इन्टरनेट सर्वसुलभ हुँदै गएपछि पोर्न मुभीका दर्शक पनि बढ्दै गएका छन्। इन्टरनेट सुविधा भएको ठाउँमा सजिलै डाउनलोड गर्न सकिने यस्ता फिल्म नहेर्ने व्यक्ति पाउन मुश्किल पर्छ। नाम नबताउने शर्तमा एक प्राविधिक भन्छन्, ‘मोबाइलमा गीत भर्न आएकाहरू पनि अन्तिममा ‘त्यो छैन’ भन्दै ब्लू फिल्म राखिदिन आग्रह गर्छन्।’
पोखरामा कम्प्युटर मर्मत केन्द्र सञ्चालन गरिरहेका मनोज थापाका अनुसार मोबाइल बनाउने भन्दै आउने गरेका किशोरकिशोरीदेखि प्रौढसम्मले ‘नयाँ चिज’ भन्दै ब्लू फिल्म मोबाइल तथा ल्यापटपमा राखिदिन आग्रह गर्छन्। थापाले केही चार्ज लिएर ग्राहकले रोजेका पोर्न मुभी मोबाइलको मेमोरी कार्ड तथा ल्यापटपको हार्डडिस्कमा भरिदिने गरेका छन्। ‘१०/१२ वर्ष पहिले जस्तो ब्लू फिल्मका चक्का भाडामा लैजाने प्रचलन प्रविधिका कारण विस्थापित भइसकेको छ,’ थापा भन्छन्, ‘अहिले शहरका युवायुवतीसँग ल्यापटप र मोबाइल सर्वसुलभ भएकाले धेरैले घरमै यस्ता फिल्म डाउनलोड गरेर हेर्ने गरेका छन्।’
भारतीय मनोविज्ञ राज सिद्धार्थनद्वारा अस्ट्रेलियामा गरिएको एक अध्ययनले ११ देखि १३ वर्षको उमेरदेखि किशोरकिशोरीले पोर्न सामग्री हेर्न सुरु गर्ने निष्कर्ष निकालेको थियो। नेपालमा यस्तो अध्ययन नभएकाले कसले बढी यस्ता फिल्म हेर्छन्? किटान गर्न मुश्किल छ। तर, किशोरकिशोरी र ४५ वर्ष माथिका व्यक्तिहरू बढी ब्लू फिल्मको लतमा पर्ने गरेका मनोचिकित्सक डा. शाक्य बताउँछन्। ‘ब्लू फिल्म धेरै हेर्नुपर्ने, यस्ता फिल्म नहेरी यौन उत्तेजना नआउने, ब्लू फिल्म हेर्दा एक्साइटमेन्ट हुने तर आफ्नो पार्टनरसँग यौन सम्पर्क गर्न मन नलाग्ने जस्ता समस्या भएका धेरै जना मकहाँ उपचारका लागि आउँछन्,’ डा. शाक्य भन्छन्।
पोखराका सुमित गुरुङसँग २७ जीबी ब्लू फिल्मको संकलन छ। उनले बेलाबेलामा विभिन्न माध्यमबाट चुहिने नेपालीहरूको अश्लील भिडियो क्लिपको संकलन गरेको बताए। ‘म ब्लू फिल्मभन्दा नेपालीकै अश्लिल भिडियो संकलन गर्छु,’ गुरुङ भन्छन्। फुटपाथका सीडी बिक्रेताहरूले ‘जापानिज, चाइनिज फिल्म’ भन्दै ब्लू फिल्मका सीडी खुल्लमखुल्ला बेच्ने गरेका छन्। सुन्धारा, रत्नपार्क, पुरानो बसपार्क, नयाँ बसपार्कलगायत सडकतिरका फुटपाथमा ग्राहकले छानी–छानी त्यस्ता सीडी किन्न पाउँछन्। रत्नपार्कका एक सीडी बिक्रेता ग्राहकलाई ‘कन्भिन्स्ड’ गर्दै थिए, ‘फुल एचडी क्वालिटीको नीलो चक्का हो। सबले रुचाइरा’छन्।’ उनका अनुसार छानेर किन्न पाइन्छ ब्लू फिल्म। झोलाबाट सीडीको पोको झिक्दै उनले भने, ‘वान एक्स, टू एक्स, थ्री एक्स कुन चाहिन्छ? स्लो मोसनको चाहियो कि फास्ट? इन्डियन, इंग्लिस, जापानिज, चाइनिज सबै छन्। स्टोरीवाला पनि छन्। त्यही मात्र भएका पनि छन्।’
काठमाडौँमा केही समयपहिले प्रहरीले सीडी पसलहरूमा छापा मारेर अश्लील फिल्मको बेचबिखन नियन्त्रणको प्रयास गर्योड। सीडी बजारमा सामान्य हल्लीखल्ली पनि मच्चिएकै हो। केही बिक्रेतामा त्यो डर अहिले पनि कायमै रहेको पाइयो। तर, उनीहरू लुकाएर यसको बिक्री गरिरहेका छन्। - शुक्रबारबाट
