राष्ट्र बैंकको गभर्नर पदमा डा.चिरञ्जीवी नेपाल नियुक्त
काठमाडौं, चैत ५ । बिहीबार ३ बजे बसेको मन्त्रिपरिषदको बैठकले डा.चिरञ्जीवी नेपाललाई राष्ट्र बैंकको पाँचवर्षे कार्यकालका लागि गभर्नर पदमा नियुक्त गरेको छ । लामो समयदेखी नेपालको अर्थतन्त्रमा नजिकबाट निहाल्दैं आएका नेपाल हाल प्रधानमन्त्री शुशिल कोइरालाको प्रमुख आर्थिक सल्लाहकार समेत हुनुहुन्छ ।
मन्त्रिपरिषद्ले गत फागुन १२ गते अर्थमन्त्री डा.रामहरण महतको संयोजकत्वमा गठन गरेको गभर्नर सिफारिस समितिले बिहीबार नै डा. चिरञ्जीबी नेपाल र राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय गोपाल काफ्ले र महाप्रसाद अधिकारीको नाम गभर्नरका लागि सिफारिस गरेको थियो ।
सरकारले सिफारिस समितिले सिफारिस गरेमध्येबाटै नेपाललाई गभर्नरमा नियुक्ति गरेको हो । दर्जनौं आकांक्षीहरु र दुईजना प्रतिस्पर्धीलाई उछिन्दै डा.नेपालले मुलुकको केन्द्रीय बैंकको गभर्नर बन्ने अवसर पाएका छन् । डा.नेपाल प्रधानमन्त्रीका नजिकका व्यक्ति भएका कारणले पनि उहाँलाई राष्ट्र बैंकको गभर्नर पदमा नियुक्त गराइएको स्रोतले जानकारी दिएको छ ।
गभर्नर सिफारिस समितिमा संस्थापक गभर्नर हिमालयसमशेर राणा, अर्थशास्त्री पार्थिवेश्वर तिमल्सिना सदस्य थिए । डा.नेपाल निजी क्षेत्रमैत्री एवं खुला बजार अर्थतन्त्रका पक्षधर मानिन्छन् । गभर्नर डा.युवराज खतिवडाको पाँच वर्षे कार्यकाल बिहीबार नै सकिएको छ । खतिवडाले दिउँसो साढे १२ बजे विभागीय प्रमुखहरुसँग अन्तिम बैठक गरेका छन् ।