Header Ads

होसियार ! आपत्तिजनक सेल्फी खिच्दै हुनुहुन्छ , कानुनी लफडामा फस्ला है - ‘अन्डरबूब सेल्फी’ माथि प्रतिबन्ध

एजेन्सी । यदि तपाई थाइल्याण्डमा हुनुहुन्छ र आपत्तिजनक सेल्फी खिच्दै हुनुहुन्छ भने तपाई कानुनी लफडामा पस्न तयार हुनुस् ।

किनभने थाई सरकारले महिलाहरुद्वारा ‘अण्डरबूब’ सेल्फी खिच्ने र सामाजिक सञ्जालमा अपलोड गर्न प्रतिबन्ध लगाएको छ। यो आदेश नमान्नेहरुलाई पाँच वर्षसम्म कैदसमेत हुन सक्छ । स्मरणरहोस् अहिले यसप्रकारको सेल्फी ट्रेन्ड चलिहेको छ।

तर थाइल्याण्डले भने यसलार्य २००७ कम्प्युटर क्राइम एक्टको उल्लंघन मानेको छ। यद्यपि जानकारहरुका अनुसार यसप्रकारको सेल्फी लिनेहरुलाई ट्र्याक गर्नु सरकारका लागि चुनौतिपूर्ण हुनेछ । किनभने सामाजिक सञ्जालमा पोष्ट गरिएका यस्ता अधिकांश तस्वीरमा अनुहार स्पष्ट हुँदैनन् ।

यसप्रकारको तस्वीरमा महिलाको वक्षको तल्लो भाग देखिने गर्दछ । समाचार एजेन्सी रोयटर्सका अनुसार पप गायिका रिहाना ‘अन्डरबूब लूक खुब मन पराउँछिन्’ ।

यता थाइल्याण्डका संस्कृति मन्त्रालयका प्रवक्ता अनन्दा चौचोटीले भने–यस्ता तस्वीरले अन्यलाई पनि यस्तै गर्नका लागि प्रेरणा दिने गर्दछ । हामी आम नागरिकलाई यस्तो नगर्नका लागि मात्र चेतावनी दिन सक्छौ ।-एजेन्सीको सहयोगमा
Powered by Blogger.