Header Ads

चीनद्वारा साढे १४ अर्ब सहयोगको घोषणा

काठमाडौ, चैत १५ । चीनले नेपाललाई कोदारी राजमार्गको स्तरोन्नतिका लागि ९० करोड आरएमबी १४ अर्ब ५० करोड नेपाली रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

चीन भ्रमणमा रहेका राष्ट्रपति डा. रामवरण यादवसँग शनिबार भएको भेटमा चिनियाँ राष्ट्रपति सी जिनपिङले उक्त सहयोग घोषणा गरेका हुन् । परराष्ट्र मन्त्रालयका एक अधिकारीले राष्ट्रपति यादवसँगको भेटमा चिनियाँ राष्ट्रपतिले ९० करोड आरएमबी (चिनियाँ मुद्रा) उपहारस्वरुप सहयोग गर्ने घोषणा गरेको जानकारी दिए ।

 ‘यो रकम कोदारी राजमार्गको स्तरोन्नतिका लागि खर्च गर्ने सहमति भएको छ,’ उनले भने । यसबाहेक चीनले आगामी पाँच वर्षमा १५ सय नेपाली विद्यार्थीलाई विभन्नि छात्रवृत्ति दिने घोषणा पनि राष्ट्रपति सीले गरे ।

चीनले नेपाललाई उपलब्ध गराउने सहयोगबारे यसअघि नै नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईले प्रधानमन्त्री सुशील कोइरालालाई जानकारी गराएका थिए ।
Powered by Blogger.