Header Ads

नेपालका अटिजम बालबालिकाहरुका निम्ति कोरियामा भक्कानिएको मन

आज सूर्योदय सॅगै मेरो मन भक्कानिएको थियो । बेचैनी बढ्यो मनमा कताकता म आफै प्रति आफैलाई घृणा लागेर आयो । हामी किन यस्तै बन्न नसके पनि यी माहान व्यक्तिहरूलाई सहयोग गर्न चुकि रहेका छौ भनेर आफैले आफैलाई प्रश्न गर्न थाले । त्यसको कारण थियो सबिता उप्रेतीको बारेमा लेखिएको एउटा लेख । कोरियाको कठिन काममा ब्यसत भए पनि म हरेक बिहान समाचार र सार्वजनिक सञ्जालमा आएका कुराहरू पढ्ने गर्छु । यसै क्रममा फेसबुक खोल्ने बित्तिकै एउटा लेख मेरो आखामा ठोकिन पुग्यो ।

त्यो थियो कोरियाका चर्चित पत्रकार मीनप्रकाश उप्रेतीले अटिजम बच्चाहरुकी अबिवाहित आमा सबिताको बारेमा ूसफल हुनेहरुले अरूले जे गर्छन् त्यही गर्दैननू भन्ने शीर्षकको लेख । पढिसके पछि थाहा पाए आखा रसाएका रहेछन् मन कुडिई सकेको रहेछ । हुनसक्छ म धेरै भावनामा बगिसकेकि रहेछु । मनलाई समाल्दै कसरि सबिता उप्रेतीको अभियानलाई सहयोग गर्न सकिन्छ भन्ने सोच्दै थिए । साथी सपना सुवार जीले फोन गरेर भन्नुभयो आज सुवनमा नेपालका अटिजम बच्चाहरुको बारेमा छलफल हुँदै छ आउनुहोस है ।

के खोज्दछस काना आखो भनेझै भयो अनि रातभर काम गरेका अनिदा आँखा लिएर समयमै त्यस ठाउमा पुगे । समाजिक अभियान्ताहरुको एक भेलाले समाजसेबि बिक्रम ठकुरिको संयोजकत्वमा बनाएको समितिमा म पनि समावेश हुन मौका पाए । अनि बेचैनि मनले कठोरता सँगै घोलिएको पिडालाई थाति राख्दै सबिताको बारेमा केही लेख्न वाध्यभए । मलाई जाहा सम्म ज्ञान छ अटिजम भनेको जन्मजात नै हुने शारीरिक तथा मानसिक तवरले सन्तुलन गुमाउन पुगेका बालबालिका पर्दछन् ।

 जस्का कारण बालबालिकाको मस्तिष्क अरू नर्मल व्यक्ति को भन्दा सुस्त हुने अनि उनीहरूको क्रियाकलाप असाधारण या असुहाउंदो हुने गर्दछ । समाजका कतिपय व्यक्तिहरूले अटिजम भएको बालबालिका लाई पागल भनेर पनि संज्ञा दिने । आफ्नै आमाबाबुले समेत बच्चालाई घरको बन्द कोठामा थुन्ने राख्ने र बाहिर परिवेश अनि शिक्षा दिक्षा बाट वन्चित गराएको म आफैले देखेकि छु । यहाँ सम्म कि नौ महिना सम्म विभिन्न पिडा सहेर सन्तानलाई जन्म दिने आमा जस्ले बच्चा अटिजम भएकै कारण उसलाई जीवनबाट सदाकालागि हटाउन भिरमा लगेर फ्यांक्न बाध्य हुन्छिन्। के त्यो बच्चा फाल्दा आमाको मन छियाछिया भएन होला ? के साच्चिकै अटिजम भएको सन्तान प्रति आमाको मनमा माया किन हुँदैन ? तर यहाँ त आमा भन्दा पनि महान् साबित हुनुभयो ।

 सबिता उप्रेती जो दोलखा जिल्लाको सामान्य परिवारबाट आएकी जस्ले स्नातकउत्तर सम्मको अध्ययन गर्दा गर्दै अमेरिका जानको लागि परेको डिभि समेतलाई त्यागेर देश समाज अनि आमाले समेत भार थाम्न नसकेको भार बोक्नुभयो । अटिजम बच्चाहरूलाइ ममतामयी शीतल छायामा राखी पालनपोषण शिक्षादिक्षा अनि सुस्वास्थको ख्याल गर्दै आउनु भएको छ । जिम्मेवारी बहन गर्नमा सबिता दिदी अतिनै निस्स्वार्थ भावनाका साथ अग्रसर हनु भएको छ ।

अहिलेको परिप्रेक्षमा नेपाली नारीहरू आफ्नै हकहितको लागि लड्न समेत पछि परिरहेको अवस्थामा आफैले जन्म दिएर फालिएका बच्चाहरू जसलाई अटिजमको नाम दिइएको छ त्यस्ता बच्चाहरूको हकहित र सुस्वास्थको लागि लड्ने र निर्दयी आमाबाबुलाइ बुझाउन सानो चुनौती होइन । तर यस्तो जोखिमतालाई झेल्दै दृढ़ अठोट लिई अघि बढ्नु भएकी हाम्रि सबिता दिदीलाई साथ दिन पाउनु मैले आफैमा गौरवान्वित महसुस गरेकी छु। आशा गर्दछु यसमा सबैको सहभागिता रहने छ ।-डीसी नेपालमा प्रकाशित सामाग्री साभार 
Powered by Blogger.