Header Ads

भान्जाको व्रतबन्धमा पनि नआउने भए पारस, मामाबिना नै हुँदैछ पार्षद्को व्रतबन्ध

काठमाडौं,चैत १५ । पूर्वयुवराज पारस शाहको अनुपस्थितिमा उनका भान्जा पार्षद्बहादुर सिंहको व्रतबन्ध आइतबार सम्पन्न हुँदैछ ।

व्रतबन्धमा मामाको उपस्थिति अनिवार्य रुपमा अपेक्षित हुन्छ ‘कर्मकाण्ड’ कै हिसावले पनि तर पार्षद्का एकमात्र मामा पारस थाइल्यान्डमा लागूपदार्थसँग सम्बन्धित मामिलामा जेल परेकाले उनको नेपाल आउने सम्भावना रहेन ।

 समारोहबारे पूर्वयुवारलाई जानकारी दिइएको उनका आफन्तहरुबाट बुझिएको छ । करिब डेढ वर्षअघि हृदयघात भई ५२ दिन बैंककमा उपचार गरी ठीन भए पनि उनलाई डाक्टरहरुले लागूपदार्थ सेवनबाट पूर्णमुक्तिका लागि कमसेकम तीन महिना रिहाब सेन्टरमा बस्न सुझाव दिएका थिए ।

तर,पारस त्यहाँबाट एक महिनामै निस्की फेरि लागूपदार्थ राखेको अभियोगमा गिरफ्तार भएपछि अदालती कारबाहीअन्तर्गत जेल परेका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
Powered by Blogger.