Header Ads

तनहुँमा सानी बनाएर केकी भगाउँदै चेतन

काठमाडौं । गायक तथा संगीतकार चेतना सापकोटा फिल्म निर्माणमा उत्रिएका छन् । उनी ‘भाग सानी भाग’ नामक चलचित्रको निर्माणमा जुटेका हुन् । फिल्मको छायांकनको लागि उनी अभिनेत्री केकी अधिकारीलाई सानी बनाएर तनहुँतिर व्यस्त छन् ।

निर्देशक नवल नेपालले चलचित्रलाई उत्कृष्ठ बनाउन मेहनत गरिरहेको बताए । तनहुँको दमौलीमा भइरहेको छायांकनमा निर्माता चेतन पनि देखिएका छन् । उनले नायिका केकीसँग तस्वीरहरु खिचाउँदै फेसबुकमा अपलोड गरिरहेका छन् ।

चलचित्र र आधुनिक गीतमा संगीत भर्दै चर्चा कमाइरहेका चेतनको पहिलो निर्माण प्रयास हो भाग सानी भाग । चैत्र महिनाभरीमा छायांकन सकिने बताइएको यस चलचित्रमा रंगीन सपना बोकेर गाउँबाट शहर पसेका एक जोडी युवायुवतीको संघर्षको कथालाई पर्दामा उतार्न लागिएको निर्माता सापकोटाले जानकारी दिए ।

केकी अधिकारी, सविन श्रेष्ठ, निर शाह, लय संग्रौला, रमेश बुढाथोकी, गीता अधिकारी, रविन्द्र खड्का, विष्णु सापकोटा लगायतको मुख्य भूमिका रहने चलचित्र साथीभाई फिल्मस्का लागि विष्णु चापागाईंको प्रस्तुतिमा बन्न लागेको हो । चलचित्रमा कविरात गहतराजको नृत्य, हिमाल केसीको एक्सन र दिव्यराज सुवेदीको छायांकन रहेको चलचित्रमा सहदेव गौतम र विलोम पोख्रेल निर्माताको रुपमा रहेका छन् ।
Powered by Blogger.