बानेश्वरको पाँचतारे एभरेष्ट होटलमा आगलागी
काठमाडौं, चैत्र १५ । नयाँ बानेश्वरमा रहेको पाँचतारे होटेल एभरेष्टमा आगलागी भएको छ । आगलागीबाट होटेलको पहिलो तलामा कार्पेट तथा फर्निचरमा क्षति पुगेको छ ।

आगो लाग्नुको कारण खुलेको छैन भने क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरले जनाएको छ । आइतबार बिहान लागेको आगो होटलका कर्मचारी, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आइसकेको छ ।
होटेलमा बसेका पाहुनालाई बाहिर निकालिएको र सबै सकुशल रहेको प्रहरीले जनाएको छ । आगो लाग्नुको कारण खुलेको छैन भने क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरले जनाएको छ ।