Header Ads

अस्ट्रेलियाले यसरी पाँचौपटक विश्वकप क्रिकेटको उपधि उचाल्यो

काठमाडौ, चैत १५ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको ११ औंसंस्करणको उपाधि अष्ट्रेलियाले जितेको छ । न्यूजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलियाले पाचौँ पटक विश्वकपको उपाधि उचालेको हो । अष्ट्रेलियाको राजधानी मेलवर्न क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले दिएको १८४ रनको झिनो चुनौती अष्ट्रेलियाले ३३.१ ओभरमा ३ विकेटको क्षतिमा पुरा ग¥यो । अष्ट्रेलियाका लागि डेविड वार्नरले ४५ रनको योगदान गरे ।

वार्नरले कुल ४६ बलको सामना गर्दै ७ चौकाको मद्धतले ४५ रन जोडेका हुन् । स्टेभन स्मिथले विश्वकपमा लगातार ५ औँ अर्धसतक बनाउने पहिलो ब्याट्स्म्यान बन्ने क्रममा ७१ बल खेल्दै ३ चौकाको मद्दतले ५६ रन जोडे । यसैगरी, कप्तान माइकल क्लार्कले ७२ बलको सामना गर्दै १० चौका र १ छक्काको मद्दतले ७४ रन र वाट्सनले अविजित ३ रनको योगदान दिए । न्यूजिल्याण्डका लागि बलिङतर्फ टेन्ट बोल्टले १ र म्याट हेन्रीले २ विकेट लिए । यसअघि न्यूजील्याण्डको लागि ग्रान्ट ईलियोटले सर्वाधिक ८३ रन जोडे भने रोस टेलरले ४० रनको योगदान दिनुबाहेक अन्य बाट्स्म्यान चल्न सकेनन् ।

पहिलो पटक विश्व बिजेता बन्ने धोकोका साथ मैदानमा उत्रेका मार्टिन गुप्तीलले १५ रन, काने विलियम्सनले १२ रन र डानियल भिट्टोरीले मिचेल जोन्सनको बलमा बोल्ट आउट हुनुअघि ९ रन जोडे । न्यूजिल्यान्डका लागि ११ रन जोडेका टिम साउथिलाई ग्लेन म्याक्सवेलले रन आउट गरे । न्यूजिल्याण्डका ५ व्याट्स्म्यान ब्रान्डन म्याक्लम, कोर्ले एन्डरसन, लुक रन्ची र म्याट हेनरी शुन्य रनमा आउट भए । पहिलो ओभरको पाचौँ बलमा ओपनर ब्रान्डन म्याक्लमलाई मिचेल स्टार्कले बोल्ड आउट गरेसँगै न्यूजिल्यान्डको पतन सुरु भएको थियो ।

अर्का ओपनर मार्टिन गुप्तीलले ११.२ ओभरमा ग्लेन म्याक्स्वेलको बलमा बोल्टआउट हुनुअघि १२ रन जोडेपछि जारी विश्वकपमा श्रीलंकाका कुमार साङ्गकाराको नाममा रहेको सर्वाधिक ५४१ रनलाई पछि पार्दै ५४७ रनका साथ यस विश्वकपमा सर्वाधिक रन जोड्ने ब्याट्स्म्यान बने । यस विश्वकपमा सर्वाधिक विकेट लिनेमा अष्ट्रेलियन बलर मिचेल स्टार्क र न्यूजिल्यान्डका बलर ट्रेन्ट बोल्ट समान २२–२२ विकेटका साथ अग्रस्थानमा छन् ।

न्यूजिल्याण्डका ५ ब्याट्स्म्यानले खाता खोल्न नसकेको इनिङलाई धरासायी पार्ने क्रममा बलिङतर्फ अष्ट्रेलियाका जेम्स फक्नर र मिचेल जोन्सनले समान ३–३ विकेट लिए । त्यस्तै, मिचेल स्टार्कले २ र ग्लेन म्याक्स्वेलले १ विकेट हात पारे । कुल ८ ओभर किफायती बलिङ गरेका मिचेल स्टार्कले २० रन खर्चेर दुई विकेट लिएका थिए ।
Powered by Blogger.