Header Ads

मिति: वि.सं.२०७१ साल चैत्र १३ गते । शुक्रबार । हेर्नुहोस तपाईको आज कस्तो छ ?

आज मिति तारिख, २०७१ साल चैत्र शुल्क पक्ष अष्टमी तिथि, चैत १३ गते शुक्रवार अनुसार तपाईंको राशी यस प्रकार छ !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
नयाँ काम सुरु गर्ने समय छ। मनग्ये धनलाभ हुनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। विशेषगरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। परिवारजनबाट पनि अलि टाढिनुपर्ने समय छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
मान–सम्मान बढ्नेछ। बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको अवसर छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। कामबाट फुर्सद मिल्नेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
केही मात्रामा खर्च बढ्नेछ। आलस्य पनि जाग्नेछ। चुनौती देखिए पनि काम भने बिस्तारै बन्न सक्छ। तर, काममा लगानी बढाउनुपर्ला। धैर्यपूर्वक फाइदा लिने बेला छ। छर–छिमेकमा केही असमझदारी बढ्ने योग छ। प्रतिस्पर्धामा पनि केही क्षति हुन सक्छ। वैदेशिक क्षेत्रबाट लाभ उठाउन सकिनेछ। बसाइमा स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
आजको दिन उत्साहवर्द्धक रहला। आम्दानी प्रशस्तै बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पितृधन समेत लाभ होला । नयाँ ज्ञान प्राप्त हुने योग छ। कृषि तथा पशुपालनमा भने सोचेको लाभ नहोला। तापनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । दाम, नाम, इनाम हात पर्ने बेला छ। श्रमको उचित मूल्यांंकन होला। पढाइमा पनि राम्रै प्रगति हुनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक पहुँच बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउन सकिएला। कर्मसिद्धिको समय छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। पढाइमा पनि राम्रै प्रगति हुनेछ। परिश्रम परे पनि काममा सफलता मिल्नेछ। मंगलमय कृत्य सम्पादन गर्ने वा तीर्थाटनको योग छ। प्रयत्न गर्दा भाग्योन्नतिको समय छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले सहयोगका लागि तत्परता देखाउनेछन्। गोप्य रहस्य पत्ता लगाउन सकिनेछ। नसोचेको धन लाभ हुन सक्छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ, इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। सहयोगीहरूको साथ मिल्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। मित्रता र प्रेमको बन्धन कसिने बेला छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn :
व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। तत्काल गरिएका काममा राम्रै फाइदा होला। प्रशस्त धन आर्जन र सञ्चय गर्न सकिनेछ। तर, अधिकारका लागि केही प्रतिस्पर्धा गर्नुपर्ला। केही चुनौती आइलाग्न सक्छन्। तापनि, प्रयत्नले फाइदा उठाउन सकिनेछ। यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
सुखद समाचारले अझ उत्साह बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। मित्रता र प्रेमको बन्धन कसिने समय छ। आम्दानी प्रशस्तै बढ्नेछ। शिक्षा र बौद्धिक क्षेत्रमा प्रगतिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
साथीभाइ र समाजबाट टाढिनुपर्ला। एक्लोपनाको अनुभूति हुनेछ। काममा अवरोध गर्नेहरू सक्रिय हुनेछन्। विश्वासपात्रबाटै धोका पाइने समय छ, सचेत रहनुहोला। विभिन्न अवसर भने आउनेछन्। तर, समयमा निर्णय लिन नसकिएला। यसले हातमा आएको मौका गुम्न सक्छ। परिवारजनको सहयोगबाट लाभ होला। पशुधन र जमिनबाट पनि फाइदा मिल्नेछ।


© Copyright : baralguru, All Rights Reserved.
Powered by Blogger.