Header Ads

अस्ट्रेलियासँग भारत हारेपछि युवकको आत्महत्या

एजेन्सी । आफ्नो देशले विश्वकप क्रिकेटको सेमिफाइलनमा अस्ट्रेलियासँग हारेपछि एक भारतीय युवाले घरबाट हामफालेर आत्महत्या गरेका छन् ।

 भारतको लखनऊ सचिवालयको बिल्डिङ (बापु भवन) बाट भारतले अस्ट्रेलियाको हातबाट हारेलगत्तै उमेश नाम गरेका ती युवकले घरको माथिल्लो तलाबाट आत्महत्या गरेका हुन् । प्रहरीले प्राराम्भीक अनुसन्धानका क्रममा उनले आत्महत्या गर्नुमा भारतले खेल हार्नु अनुमान गरिएको जनाएको छ।

मृतक युवा भारतीय सिचाइँ विभागमा जागिरे थिए । यो घटना भारतले खेल हारेलगत्तै भारतीय समयअनुसार अपरान्ह साढे चार बजे भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 पुलिसले यो घटनाबारे अनुसन्धान थालेको छ। ज्यान गुमाएका युवाकोबारेमा बिस्तृत अनुसन्धान थालिएको लखनउ प्रहरीले जनाएको छ ।

 उमेशले हामफालेर आत्महत्या गरेको भवन/फोटो :एजेन्सी
Powered by Blogger.