एक हजार ६ सय घण्टा लगाएर बनाइएको गागाको गाउन
एजेन्सी । लेडी गागाका लागि २५ जनाले १ हजार ६ सय घण्टा लगाएर तयार पारेको ह्वाइट गाउन पछिल्लो दिन निकै चर्चामा छ।
लेडी गागाले उक्त पहिरन ओस्कार समारोहमा लगाएकी थिइन् ।
लेडी गागा पनि उक्त पहिरनलाई लिएर निकै खुसी छिन् । इन्स्टाग्राममा एक तस्वीर सार्वजनिक गर्दै गागाले भनेकी छन्–ओस्कारको त्यो साँझ म कहिल्यै भुल्ने छैन ।
उनले डिजाइनर एजेडाइन अलाइयाप्रति धन्यवाद पनि व्यक्त गरेकी छन् । लस एन्जल्सको डल्बी थियटरमा आयोजित ओस्कार अवार्ड वितरण समारोहमा उक्त गाउनका साथमा गागाले रातो रंगको ग्लोब्स लगाएकी थिइन् । उक्त अवसरमा गागाले दश साउण्ड अफ म्युजिक प्रस्तुत गरेकी थिइन् ।