सत्तापक्ष र एमाओवादी मोर्चाको बैठक शनिबार
काठमाडौं, फागुन २२ । सत्तारुढ कांग्रेस–एमाले र एमाओवादी नेतृत्वको मोर्चाबीच शनिबार औपचारिक वार्ता हुने भएको छ ।
शुक्रबार प्रधानमन्त्री सुशील कोइराला र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटमा शनिबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा दुई पक्षबीच वार्ता गर्ने सहमति भएको छ ।
शुक्रबार प्रधानमन्त्री सुशील कोइराला र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटमा शनिबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा दुई पक्षबीच वार्ता गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री कोइरालालाई भेट्न बालुवाटार पुगेका एकीकृत माओवादीका प्रचण्डले सत्तारुढ दलसँग वार्ता गर्न विपक्षी मोर्चा तयार रहेको जानकारी गराएपछि वार्ताको समय तय भएको हो ।
सत्तारुढ दल सहमतिबाटै संविधान जारी गर्न तयार भएपछि विपक्षी मोर्चा पनि वार्ताका लागि तयार भएको छ ।