दिल्लीमा अलपत्र परेका बाबुराम भट्टराई लखनउ हुँदै काठमाडौं
काठमाडौ, फागुन २२ । पार्टी निकट संगठन अखिल भारत प्रवासी एकता मञ्चको कार्यक्रममा सहभागी हुन केहि दिन पहिले भारत पुगेका एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराई आज स्वदेश फर्किन लागेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको टर्किस एयरलाइन्सको विमान धावनमार्गबाट हटाउन समय लाग्ने भएको तथा अन्तर्राष्ट्रिय उडानहरू शुक्रबार सम्मका लागि स्थागीत भएपछि उनी भारतको लखनउबाट नेपालगञ्ज हुँदै काठमाडौं फर्किन लागेका हुन् ।

दिल्लीबाट लखनउसम्म हवाईमार्गको प्रयोग गर्ने उनी त्यहाँबाट भने स्थलमार्गबाटै नेपालगञ्ज आउने तय भएको भट्टराईको सचिवालयले जनाएको छ । भारतमा रहँदा भट्टराईले विभिन्न राजनीतिक भेटवार्ता समेत गरेका थिए । यसैबीच भट्टराई नेपालगञ्ज हुँदै फर्किने भएपछि आज अपरान्ह क्रान्तीकारी पत्रकार संघ बाँकेले स्थानीय होटल पिस प्लाजामा पत्रकार सम्मेलन आयोजना गरेको छ।