Header Ads

पहिलो चरणमा २२ सय नेपाली कोरिया जाने

काठमाडौ, फागुन २२ । दक्षिण कोरियाले रोजगार अनुमति प्रणली (ईपीयस) अन्तर्गत यो वर्ष पहिलो चरणम २२ सय नेपालीलाई श्रम सम्झौता दिएको छ ।

ईपीयस कोरिया शाखाका अनुसार सन् २०१५ मार्च ४ तारिखसम्म कोरियाका रोजगारदाता कम्पनीले कृषि क्षेत्रतर्फ १ हजार र उत्पादनमूलक तर्फ १२ सय नेपालीसँग श्रम सम्झौता गरिसकेका छन् । ६४७ कामदारको भिसा पनि आइसकेको छ ।

श्रम सम्झौता प्रदान गरेपछि मात्रै कामदारको भिसा प्रक्रिया सुरु हुन्छ । शाखा प्रमुख डिल्लीराम बाँस्तोलाका अनुसार कोरियाले पहिलो चरणमा नेपालीलाई दिएको श्रम सम्झौता अरु मुलुकभन्दा धेरै हो ।

‘अहिलेको दरमा श्रम सम्झौता आए भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान योग्य सूची (रोस्टर) मा रहेका मध्ये अधिकांस कोरिया पुग्ने सम्भावना छ,’ उनले भने,‘ यो नेपालका लागि निकै राम्रो कुरा हो ।’ आजको कारोबार दैनिकमा खबर छ ।
Powered by Blogger.