बलात्कार आरोपीलाई जेलबाटै खोसेर कुटीकुटी मारियो
नागाल्याण्ड, फागुन २२ । भारतको नागाल्याण्डको केन्द्रीय कारागारमा रहेका एक बलात्कार आरोपीलाई सर्वसाधारणले बाहिर सडकमा निकालेर कुटीकुटी मारेका छन्।
बलात्कारीविरुद्ध जम्मा भएको भिडले बलात्कार आरोपीलाई कुटेर मार्नुका साथै उसको शव बिच सडकमा झुण्ड्याएका थिए ।
सुबेका प्रहरी महानिर्देशक एलएल डुंगरले संचार माध्यमलाई दिएको जानकारीअनुसार दीमापुर सेन्ट्रल जेल बाहिर जम्मा भएको भिडले जेल तोडेर कलात्कार आरोपीमाथि आक्रमण गरेको हो । डुंगरका अनुसार भिडमा संलग्न केही व्यक्तिले जेलभित्र थुनिएका फरीद खानलाई खोसेर बाहिर ल्याएर आक्रमण गरेका हुन् ।

फरिद खान आसाम निवासी भएको बताइएको छ । उनीमाथि एक नागा महिलाको बलात्कार आरोपमा पक्राउ गरिएको थियो । बलात्कारको घटना २३ फेब्रुअरीमा भएको हो । घटनामा संलग्न रहेको आरोपमा व्यापारी खानलाई पक्राउ गरिएको थियो ।
यद्यपि हत्या गरेको बताए पनि सहरको बिचमा शव झुण्ड्याएको भने प्रहरीले पुष्टि गरेको छैन । सुबेको राजधानी दिमापुरमा बुधबारबाटै नागा महिला बलात्कार घटनाको विषयमा स्थानीय आक्रोशमा थिए ।
उनीहरुले दिनभर प्रदर्शनसमेत गरेका थिए । प्रदर्शनकारीले सवारी साधनमा आगजनीसमेत गरेका थिए । एजेन्सी