विराटनगरको केमिकल गोदाममा भीषण आगलागी
विराटनगर, फागुन २७ । विराटनगर १ शान्तिचोकमा रहेको एक केमिकल गोदाममा बुधवार भीषण आगलागी भएको छ । दिउसो २ बजेबाट शुरु भएको आगो पूर्णरुपमा अझै नियन्त्रणमा आउन सकेको छैन ।
शान्तिचोकका सुन्दर खड्काको घरमा हेमराज कुन्डलीयाले भाडामा लिएर गोदाम संचालन गरेको थिए ।

विद्युत सर्ट भई आगो लागेको भएपनि क्षेतिको पुर्ण विवरण भने आउने नसकेको मोरङ् प्रहरीका प्रवक्ता प्रभु ढकालले जानकारी दिए । आगलागीका कारण गोदामसँगै खड्का बस्दै आएको घर समेत पूर्ण रुपमा क्षति भएको छ भने आसपासका घरहरु समेत जोखिममा रहेका छन ।
विराटनगर, इनरुवा, धरान लगायतका ठाउँबाट वारुणयन्त्रहरुले आगो निभाउने प्रयास जारी राखेका छन् । केमिकलको आगो भएकोले पानीले झन बढ्ने हुँदा विराटनगर बिमानस्थलको फर्मिङ वारुण यन्त्रले पनि आगो निभाउने प्रयास गरिरहेको उद्योग संगठन मोरङका अध्यक्ष शिवशंकर अग्रवालले बताए । सो केमिकल कपडा तथा वोरामा प्रयोग गर्ने गरिएको छ ।
