भारतले यसरि राखिदियो रेखा थापाको उपनाम 'महानायिका'
काठमाडौं, फाल्गुण २७ । अहिलेसम्म नेपाल सरकारले कलाकारितामा लागेका कसैलाई पनि कुनै उपनाम दिएको छैन । राजेश हमाललाई सबैले ‘महानायक’को उपनामले बोलाउछन् । तर, उनलाई यो उपनाम सरकारले दिएको होईन प्राविधीक संघले दिएको हो ।

प्राविधीक संघले नै नायिका करिश्मा मानन्धरलाई ‘सदाबहार’ नायिकाको उपाधि दिएको छ । नेपाली चलचित्रमा योगदान गर्ने कलाकारलाई चलचित्रकर्मी वा विभिन्न संघसंस्थाले उपनाम दिइरहेका छन् । लामो समयदेखि नेपाली सिने नगरिमा अभिनय गर्दै आएकी नायिका रेखा थापालाई भने कुनै संस्थाले कुनै उपनाम दिन भ्याएका छैनन् ।
तर, भारतका विभिन्न १० वटा शहरमा आयोजना भैरहेको ‘होली हंगामा’ कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेकी रेखा थापालाई आयोजकले ‘महानायिका’ भनेर प्रचार गरेको छ । रेखा थापाले आफ्नो फेसबुकमा अपलोड गरेका तस्बिरमा पनि उनलाई ‘महानायिका’ भनिएको छ ।
कार्यक्रमको मुख्य आकर्षणको रुपमा पुगेकी रेखालाई आयोजकले ‘महानायिका’को उपाधी दिएको हो । के अब भारतबाट फकिर्एपछि रेखालाई चलचित्र क्षेत्रमा ‘महानायिका’ भनिएला ? त्यो भने भोलीको समयले बताउँने छ ।
