पहिलो पटक ‘मेडिक मोबाइल’मार्फत गर्भवती सेवा
बागलुङबजार, चैत ३ । महिलालाई गुणस्तरीय सेवा दिन पहिलो पटक यहाँ ‘मेडिक मोबाइल’मार्फत सेवा दिन थालिएको छ ।
सरकारले मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदर कम र गुणस्तरीय सेवा दिने उद्देश्यका साथ नेपालमा नै नमुनाका रुपमा स्वास्थ्य सेवा सुरु गरेको हो । ‘मेडिक मोबाइल’ लागू गरिएपछि गर्भवती भएदेखि सुत्केरी नहुने समयसम्म स्वास्थ्यसम्बन्धी अवस्था र स्वास्थ्य समस्याको समाधान गर्न स्वास्थ्य स्वयम्सेविकाले मोबाइलमार्फत जानकारी दिनेछन् ।
सबै क्षेत्रका गर्भवतीको स्वास्थ्य प्रभावकारी बनाउन जिल्ला स्वास्थ्य कार्यालयले जिल्लामा रहेका स्वास्थ्य स्वयम्सेविलाई तालिम दिने भएको छ । नेपालमै पहिलो पटक बागलुङ जिल्लामा गर्भवतीको सम्पूर्ण जानकारी ‘मेडिक मोबाइल’ मा राखेर स्वास्थ्य परीक्षण गर्ने गरी सो सेवा लागू गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा जिडी ठाकुरले बताउनुभयो । उहाँका अनुसार ग्रामीण क्षेत्रमा महिलाको स्वास्थ्य सेवालाई प्रेरणा दिन, स्वास्थ्य स्वयम्सेविकामार्फत गर्भवती महिलालाई विभिन्न स्वास्थ्य समस्यालाई समाधान गर्न र उपचार गराउन यसले प्रभावकारी भूमिका खेल्ने छ ।
मातृ मृत्युदर कम गर्नका लागि ग्रामीण क्षेत्रमा रहेका गर्भवतीको सुरक्षित स्वास्थ्य जाँच गरी सुरक्षित सुत्केरी गराउन जिल्लाका ५८ गाविस र एक नगरपालिका सो सेवा लागू गरिएको छ ।
जिल्लाका चार गाविस हटिया, पैयुँपाटा, बाटाकाचौर र बुर्तिबाङमा लागू गरिएपछि यसलाई जिल्लाभर सुरु गरिएको छ । मन्त्रालयका सहसचिव ठाकुरले जिल्ला स्वास्थ्यकर्मीका जिल्ला अध्यक्ष पुष्पा श्रेष्ठलाई मेडिक मोबाइल हस्तान्तरण गरेर सेवा शुभारम्भ गर्नुभएको थियो ।सबै क्षेत्रका गर्भवतीको स्वास्थ्य प्रभावकारी बनाउन जिल्ला स्वास्थ्य कार्यालयले जिल्लामा रहेका स्वास्थ्य स्वयम्सेविलाई तालिम दिने भएको छ । नेपालमै पहिलो पटक बागलुङ जिल्लामा गर्भवतीको सम्पूर्ण जानकारी ‘मेडिक मोबाइल’ मा राखेर स्वास्थ्य परीक्षण गर्ने गरी सो सेवा लागू गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा जिडी ठाकुरले बताउनुभयो । उहाँका अनुसार ग्रामीण क्षेत्रमा महिलाको स्वास्थ्य सेवालाई प्रेरणा दिन, स्वास्थ्य स्वयम्सेविकामार्फत गर्भवती महिलालाई विभिन्न स्वास्थ्य समस्यालाई समाधान गर्न र उपचार गराउन यसले प्रभावकारी भूमिका खेल्ने छ ।

महिला स्वास्थ्यकर्मीलाई दिइएको मोबाइलमा ग्रामीण क्षेत्रमा गर्भवती भएकाहरुको सुरुदेखिको विवरण राखेर स्वास्थ्य संस्थामा पठाई त्यसकै आधारमा उसको गर्भ परीक्षण गर्दै जाने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेश्वर श्रेष्ठले बताउनुभयो । गाविस र विभिन्न क्षेत्रका सुत्केरी हुनेको तथ्याङ्क सङ्कलन गरी उनीहरुलाई विभिन्न समयमा स्वयम्सेविकाले एसएमएसमार्फत जानकारी दिने उहाँको भनाइ छ ।
बागलुङ जिल्लाबाट ‘पाइलट प्रोजेक्ट’को रुपमा सुरु गरिएको कार्यक्रम प्रभावकारी र लोकप्रिय भएमा आगामी दिनमा देशका सबै जिल्लामा लागू गर्ने गरी तयारी गरिने मन्त्रालयका सहसचिव डा ठाकुरले बताउनुभयो । जिल्लामा एक वर्षको अवधिमा सात हजार २०० सुत्केरी हुने गरेको तथ्याङ्क छ ।-स्रोत/सम्बादमिडियाबाट
