विश्वकपमा आज: दोस्रो चरणमा पुग्न संघर्षरत बंगलादेश र इङल्यान्ड
एडिलेड । जारी विश्वकपमा दोस्रो चरणमा सोमबार बंगलादेश र इङल्यान्ड भिड्दैछ। बंगलादेशले आजको खेलमा इङल्यान्डलाई हराउन सके समूहगत चरणमा एक खेल खेल्न बाँकी छँदै क्वार्टरफाइनलमा पुग्ने निश्चित हुनेछ। उक्त नतिजा आएको स्थितिमा इङल्यान्ड भने पहिलो चरणबाटै बाहिरिनेछ। तर इङल्यान्डसँग पराजित भए बंगलादेश पनि पहिलो चरणबाटै बाहिरिने सम्भावना छ। यस्तो नतिजा आएको स्थितिमा इङल्यान्ड भने क्वार्टरफाइनल पुग्ने सम्भावना बढ्नेछ।
समूहगत चरणको अन्तिम खेलमा बंगलादेशले न्युजिल्यान्ड र इङल्यान्डले अफगानिस्तानको सामना गर्नेछ। आयोजकसमेत रहेको न्युजिल्यान्डलगातार पाँच खेल जितेर उपाधि दाबेदारका रूपमा उभिएको छ। यता अफगानिस्तान पनि इङल्यान्डसँग अप्रत्याशित नतिजा निकाल्न सक्ने स्थितिमा देखिँदैन। त्यसैले सोमबार हुने खेलमा इङल्यान्ड र बंगलादेश दुवै टोली गर या मरको स्थितिमा हुनेछन्। बंगलादेश विश्वकपमा यसअघि एक पटकमात्र दोस्रो चरणमा पुगेको छ। सन् २००६ को विश्वकपमा भारतलाई स्तब्ध बनाउँदै बंगलादेश दोस्रो चरणमा पुगेको थियो। त्यतिबेला उपाधि दाबेदार मानिएको भारत भने पहिलो चरणबाटै घर फर्किएको थियो। यस पटक बंगलादेशले अफगानिस्तान र स्कटल्यान्डलाई हरायो भने श्रीलंकासँग हार व्यहोर्यो।
वर्षाका कारण खेल रद्द भएपछि बंगलादेशले अस्ट्रेलियासँग भने अंक बाँड्यो।
बंगलादेशले टेस्ट टोलीलाई यस पटक हराउन सकेको छैन। इङल्यान्डको प्रदर्शन यतिबेला कमजोर रहेको छ। इङल्यान्डले समूहगत चरणमा खेलेका चारमध्ये तीन खेलमा हार व्यहोरेको छ। न्युजिल्यान्ड, अस्ट्रेलिया र श्रीलंकासँग हार व्यहोरेको इङल्यान्डले स्कटल्यान्डलाई हराएर एकमात्र जित हात पारेको हो। जारी विश्वकपमा बंगलादेशले मात्र होइन इङल्यान्डले पनि टेस्ट टोलीलाई हराउन सकेको छैन। तर अघिल्लो खेलमा स्कटल्यान्डसँग तीन सय १९ रनको लक्ष्य पूरा गरेको बंगलादेशको मनोबल यतिबेला उच्च छ।समूहगत चरणको अन्तिम खेलमा बंगलादेशले न्युजिल्यान्ड र इङल्यान्डले अफगानिस्तानको सामना गर्नेछ। आयोजकसमेत रहेको न्युजिल्यान्डलगातार पाँच खेल जितेर उपाधि दाबेदारका रूपमा उभिएको छ। यता अफगानिस्तान पनि इङल्यान्डसँग अप्रत्याशित नतिजा निकाल्न सक्ने स्थितिमा देखिँदैन। त्यसैले सोमबार हुने खेलमा इङल्यान्ड र बंगलादेश दुवै टोली गर या मरको स्थितिमा हुनेछन्। बंगलादेश विश्वकपमा यसअघि एक पटकमात्र दोस्रो चरणमा पुगेको छ। सन् २००६ को विश्वकपमा भारतलाई स्तब्ध बनाउँदै बंगलादेश दोस्रो चरणमा पुगेको थियो। त्यतिबेला उपाधि दाबेदार मानिएको भारत भने पहिलो चरणबाटै घर फर्किएको थियो। यस पटक बंगलादेशले अफगानिस्तान र स्कटल्यान्डलाई हरायो भने श्रीलंकासँग हार व्यहोर्यो।

उक्त खेलमा बंगलादेशका चार ब्याट्सम्यानले अर्धशतक बनाएका थिए। प्रारम्भिक ब्याट्सम्यान तामिम इकबाल सतक नजिक पुगेर आउट भएका थिए भने महमुदुल्लाह, मुसफिकर रहिम र सकिब अल हसनले पनि अर्धशतक बनाएका थिए। मुसफिकर र सकिब उच्च लयमा छन्। यो खेलमा पनि अनुभवी अलराउन्डर सकिबको स्पिन बलिङ केन्द्रमा हुनेछ। इङल्यान्डले अघिल्लो खेलमा श्रीलंकासँग हार व्यहोरेको थियो। तीन सय १० रन बनाए पनि इङल्यान्ड नौ विकेटले पराजित भएको थियो।
इङल्यान्डको बलिङ यो प्रतियोगितामा कमजोर देखिएको छ। इङल्यान्ड र बंगलादेशबीच भएका पछिल्ला तीन भिडन्तमा बंगलादेशले २-१ को नतिजा निकालेको छ। बंगलादेशका कप्तान मसरफ मोर्ताजाले दुवै टोली दबाबमा हुने भएकाले नतिजा अनुमान गर्न गाह्रो हुने बताएका छन। बंगलादेशले सन २०११ को विश्वकपमा इङल्यान्डलाई हराएको थियो।
