विमानस्थल लगातार तीन दिन बन्द हुँदा हङकङ २ सय नेपाली अलपत्र
बैंककमा अलपत्र नेपाली भन्छन्- पानी किन्ने पैसा सकियोकाठमाडौं । नेपालको विमानस्थल लगातार तीन दिन बन्द हुँदा विदेशस्थित विभिन्न विमानस्थलहरुमा नेपालीको बिजोग हुन थालेको छ । हङकङ एयरपोर्टमा करिब दुई सय नेपाली अलपत्र परेका छन् । विभिन्न देशबाट हङकङको अन्तराष्ट्रिय विमानस्थलमा ट्रान्जिट पोइन्ट पर्ने दुई सयजना नेपालीहरु अलपत्र परेको त्यहाँ रहेका बाग्लुङका सुजितप्रसाद आचार्यले बताए ।
विहीबारदेखि जापानको नारिता एसपोर्टबाट क्याथि प्यासिफिक विमानमार्फत नेपाल आउन हिँडेका आचार्य पनि हङकङ ट्रान्जिटमै रोकिएका छन् । उनकी पत्नी बिरामी छिन् । नेपाल आउनका लागि विभिन्न देशबाट हङकङ आइपुगेका उनीहरु विमानस्थलमै बास बसेका छन् । उनीहरुलाई खानका लागि दिनको १६ हङकङ डलर दिएर राखिएको छ । विहीबारदेखि जापानको नारिता एसपोर्टबाट क्याथि प्यासिफिक विमानमार्फत नेपाल आउन हिँडेका आचार्य पनि हङकङ ट्रान्जिटमै रोकिएका छन् । उनकी पत्नी बिरामी छिन् ।
बिरामी श्रीमती प्रमिला आचार्यलाई लिएर आएका उनले विमानले दिएको पैसाले एक बोतल पानी पनि नआउने बताए । त्यसैगरी थाइल्याण्डस्थित अन्तरराष्ट्रिय विमानस्थलमा पनि नेपालीहरु अलपत्र परेको स्रोतले बताएको छ । ट्रान्जिट परेर विभिन्न देशका विमानस्थलमा रोकिएका नेपालीहरुलाई खानपिनका लागि आर्थिक संकट पर्न थालेको बताइएको छ ।
जापानको टोकियोबाट बैंकक ट्रान्जिटमा रोकिएका सागर शर्माले भने, हामीलाई बुधबार एक छाक खाना दिइयो, त्यसपछि खुवाउन सकिँदैन भनिएको छ, साथीहरुसँग पानी किनेर खानेसमेत पैसा छैन । जापानबाट बैंकक हुँदै नेपाल आउन लागेका शर्मा बैंककमा बुधबारदेखि रोकिएका हुन् । आफूसँगै थाई एयरका करिब ५० नेपाली यात्रुहरु विमानस्थलमा रहेको उनले बताए ।-तस्बिर/सागर शर्मा

