पार्टी एकताका लागि एमाओवादीका जनवर्गीय सङ्गठनको दबाब
काठमाडौँ, चैत ७ । एकीकृत नेकपा(माओवादी) सम्वद्ध एक दर्जन जनवर्गीय सङ्गठनले तत्काल पार्टी एकता प्रक्रियालाई अगाडि बढाउन शीर्ष नेतृत्वलाई दबाब दिने भएका छन् ।
जनवर्गीय सङ्गठनको आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको संयुक्त बैठकले सीमित स्वार्थलाई त्यागेर बृहत्तर हितका लागि पार्टी एकता गर्न आग्रह गरेका छन् ।
माओवाद र माओ विचार धारालाई राजनीतिक कार्यदिशाका रुपमा स्वीकार गर्ने सबै वर्ग तथा पक्षका बीचमा बृहत्तर एकता आजको आवश्यकता भएको ठहरसमेत उनीहरुले गरेका छन् ।
माओवाद र माओ विचार धारालाई राजनीतिक कार्यदिशाका रुपमा स्वीकार गर्ने सबै वर्ग तथा पक्षका बीचमा बृहत्तर एकता आजको आवश्यकता भएको ठहरसमेत उनीहरुले गरेका छन् ।

पार्टी नेतृत्वलाई एकताका लागि आग्रह गर्नेहरुमा अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी)का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, योङ कम्युनिस्ट लिग नेपालका कार्यबहाक अध्यक्ष रामप्रसाद शर्मा, अखिल नेपाल टे«ड युनियन महासङ्घका महासचिव गणेश रेग्मी, अखिल नेपाल सुकुम्बासी सङ्घका अध्यक्ष दीपक राई, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष भोला सापकोटा, नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनका अध्यक्ष कृष्ण आचार्य, अखिल नेपाल महिला सङ्घ(क्रान्तिकारी)की संयोजक सीता पोखरेल, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष मोहनमान स्वाँरलगायत हुनुहुन्छ ।
बैठकमा सहभागी अखिल नेपाल टेड युनियन महासङ्घका महासचिव गणेश रेग्मीले पार्टी एकता आजको आवश्यकता भएकाले सामूहिक रुपमा दबाब दिन लागिएको बताउनुभयो ।
