Header Ads

‘चंखे शंखे पंखे’ जेठ १ मा, बहराइनमा पनि प्रदर्शन हुने

काठमाडौं, चैत्र ७ । सर्वाधिक बजेटमा निर्माण गरिएको नेपाली चलचित्र ‘चंखे शंखे पंखे’ आगामी जेठ १ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ ।

 नेपालमा प्रदर्शन हुनुपूर्व बहराइनमा प्रदर्शन गर्न लागिएको यो ‘चंखे शंखे पंखे’ अन्य देशहरुमा बस्ने नेपालीले समेत हेर्न पाउने चलचित्रका निर्माता सन्तोष सेन ठकुरीले बताए । ‘अन्य देशहरुबाट पनि प्रदर्शनका लागि अफर आइरहेको छ’–सेनले भने–‘अप्रिल १७ तारिखमा बहराइनमा देखाउँछौ । अन्य देशहरुमा पनि समयले साथ दिएसम्म देखाउने योजनामा छौं ।’

 बहराइनका साथै निर्माताको गृहजिल्ला स्याङ्जाको सिटी हलमा पनि एक च्यारिटी सो गर्ने निर्माण पक्षले जनाएको छ । कमेडीसहित राष्ट्रियताको विषयलाई प्रमुख विषयवस्तु बनाइएको चलचित्रलाई सुर्दशन थापाले निर्देशन गरेका हुन् । चलचित्रमा सुर्दशन कलाकारको भूमिकामा समेत रहेका छन् ।

 सुर्दशनको अलवा चलचित्रमा सुवास थापा, प्रेम पुरी, पूजा शर्मा, नन्दिता केसी, प्रमोद अग्रहरीलगायतका कलाकारलाई देख्न पाइने छ । ‘चंखे शंखे पंखे’मा निकै मिहेनत गरेर आफ्नो टिमले काम गरेकाले चलचित्र पूर्णतः सफल हुनेमा आफू ठुक्क भएको निर्माता सेनको भनाइ छ ।-इमेज खबर डट कम बाट साभार !
Powered by Blogger.