अचम्म ! बच्चालाई जन्म दिएर बिर्सिइन् बच्चाको बुवा - पत्याउनै गाह्रो !
मेलबर्न, एजेन्सी, चैत ७ । के यस्तो पनि हुनसक्ला ? कोही महिलाले आफूले जन्म दिएको बच्चाको बुवालाई बिर्सिने ? तर भर्खरै यस्तो घटना सार्वजनिक भएको छ ।
अष्ट्रेलियामा बस्ने एक महिलाले बच्चाको जन्म त दिइन् तर ती बच्चाको बुवाको बारेमा केहि पनि थाहा नभएको बताइन् ।
उनले आफ्नो बच्चाको पिताको बारेमा जान्नका लागि एउटा अचम्मको तरिका पनि खोजेकी छिन् जुन अहिलेसम्म सफल हुन सकेको छैन ।
अनलाईन दिइन् विज्ञापन: २५ वर्षकी बायनका नामकी यी महिलाले आफ्नो बच्चाको पिताको बारेमा थाहा पाउनका लागि आफ्नो र बच्चाको फोटोसमेत अनलाइन एड दिएकी छिन् । तर अहिलेसम्म कोहीले पनि उक्त बच्चाको बुवा भएको पुष्टि गरेका छैनन् ।
कहिले पनि गर्भवती हुन नसक्ने डाक्टरको बयानः बायनकाले सन् २०११ मा आफ्नो स्वास्थ्य परिक्षण गरेकी थिइन् र डाक्टरहरुले बताएका थिए कि उनी पोलिसिस्टिक ओभरी सिन्ड्रोम नामको रोगबाट पीडित छिन् जसका कारण उनी कहिले पनि गर्भवती हुने सक्दिनन् । बायनका यो सुनेर निकै स्तब्ध भएकी थिइन् त पछि उनी साधारण रुपमा व्यतित गरिरहेकी थिइन् । त्यसपछि पछिल्लो वर्ष अप्रिल महिनामा जब उनले एक अपरिचित व्यक्तिसँग वान–नाइट स्ट्याण्डमा सम्बन्ध बनाइन् त्यसपछि उनी गर्भवती भएको थाहा पाइन् ।
एकतर्फ खुसी, अर्कोतर्फ चिन्ताः यद्यपी गर्भवतीको पुष्टि भइसकेपछि बायनकालाई एकतर्फ खुसी लाग्यो भने अर्कोतर्फ चिन्ता पनि भयो । उनलाई बच्चाको बुवा को थिए भन्ने थाहा थिएन । निकै सोच बिचार पछि उनलाई पछि याद आयो कि पर्थमा मोर्ले नामको ठाउँमा जेरेमी नामका एक व्यक्तिसँग उनी भेटेकी थिइन् ।
बायनकाले आफ्नो बच्चाको पिता त्यहि व्यक्ति भएको मानिन् र ती व्यक्तिलाई खोज्न निकै कोशिस गरिन् तर उनको सबै कोसिस फेल खाए । जति खोज्दा पनि सफल हुन नसकेपछि उनले आफ्नो बच्चाको बुवा खोज्न अनलाइनको साहार लिइन् र चर्चामा आइन् । स्रोतः डेली मेल
