Header Ads

जहाँ तरुनी पट्याउने तालिम यसरि दिइन्छ

विवाह बन्धनमा बाँधिनुअघि युवाहरुलाई सफल बनाउने तरिका सिकाउनका लागि बेलायतको वारसेस्टर होटलले ग्रुम एकेडेमी सुरु गरेको छ। यो एकेडेमीमा युवकहरुलाई एउटा सफल श्रीमान बन्ने गुण र कार्यान्वयनका विषयमा प्रशिक्षण दिइनेछ । यसमा खाना बनाउने, घरको डस्टिङ र कपडा धुनेजस्ता कामसमेत सिकाइनेछ ।

 साथै युवकहरुलाई आफ्नो एनिभर्सरी राद राख्न सिकाउनुका साथै उनीहरुलाई आफ्नो एनिभर्सरी कसरी मनाउने भन्ने विषयमा पनि विभिन्न टिप्स दिइनेछ । श्रीमान श्रीमतीको आगामी जीवन राम्रोसँग चलोस् भन्ने उद्देश्यले यो प्रशिक्षण सुरु गरिएको बताइएको छ। खाना बनाउनका लागि होटलका कुकले छिटो बन्ने परिकारहरुका विषयमा जानकारी दिने छन् । यो एकेडेमीको उद्देश्य ससाना कुरामा श्रीमान श्रीमीबचि हुने तनाव कम गर्नु रहेको बताइएको छ।

कस्ता पुरुष महिलाको रोजाईमा पर्छन ?

प्राय हामी महिलाको सुन्दरताको मात्र कुरा गर्छौ । पुरुषहरुका पनि धेरै सुन्दर कुरा हुन्छन तर कुरा थोरै मात्र गरिन्छ । प्राय सुन्दर तथा गुणवती युवती पुरुषको रोजाई मा पर्छन भने महिलाको पनि पहिलो रोजाई आकर्षक युवा नै हुन्छन । महिलाहरुपनि आफ्नो प्रेमीमा केही गुण अवस्य खोज्छन । थाहा पाउनुस तपाईकी प्रेमीकाले तपाईमा कस्तो कुराको अपेक्षा राख्छिन ।

सुपरम्यान जस्तो होस् महिलालाई आफू सुरक्षित हुन मन पर्छ। पुरुषले महिलालाई हरेक समस्याबाट बचाउन सक्ने कुरा प्रमाणित गर्नुपर्छ। जब उनी कुनै समस्यामा हुन्छिन्, उनलाई सहयोग गर्नुपर्छ। महिलाहरू सधैं त्यो पुरुषलाई सम्मान गर्छन्, जो कठिन समयमा डटेर उनको साथमा हुन्छ। जस्तोसुकै अवस्थामा पनि दृढताका साथ सामना गर्नुपर्छ।

 सुगन्ध डियोडोरेन्टको विज्ञापनमा सुगन्धबाट महिलाहरू पुरुषप्रति आकर्षित भएको देखाइन्छ। तर यसलाई पूरै नकार्न पनि सकिँदैन। आफू सुहाउँदै डियोडोरेन्ट चयन गर्नुपर्छ। पहिलो डेटमा हो भने डियोडोरेन्ट चयन गर्दा विशेष ध्यान दिनुपर्छ।

 सरप्राइज महिलालाई सरप्राइज एकदम मन पर्छ। चकलेट होस् कि लभ नोट्स या त कुनै उपहार वा फूलको गुच्छा जेसुकै होस सरप्राइज दिनुपर्छ। महिलालाई हर समय यो मन पर्छ।

 इमानदारीता इमानदारी अहिलेको समयमा पनि उत्तिकै महत्त्वपूर्ण कुरा हो। दीर्घकालीन सम्बन्धको बारेमा सोच्दै हुनुहुन्छ भने महिला साथीसँग कहिल्यै झूट नबोल्नुस्। सुरुवातमा केही समस्या भए पनि अन्तिममा तपाईं आफ्नी प्रेमिकाको भरोसा जित्न सफल हुनुहुनेछ। आफ्नो जे हो वास्ताविकता त्यही भन्नुस । धाक लगाउने कुरा गर्दै नगर्नुस । महिलालाई धाक लगाउने पुरुष अलिकति पनि मन पर्दैन । तपाईले बढाई चढाई ‘स्वाङ’ पारेर बोल्नु भयो भने पनि उनले भित्र भित्र तपाईलाई अस्वीकार गर्नेछिन । त्यसकारण यस्ता कुरामा सचेत बन्नुहोस ।

 शारीरिक रूपमा फिट सेलिब्रेटीको सिक्स र एट प्याकको त जसलाई पनि मन पर्छ। महिला कसिलो शरीर भएको पुरुष मन पराउँछन्। नियमित शारीरिक व्यायाम गर्ने बानी बसाल्नुस् अनि जित्न सकिन्छ प्रेमिकाको मन।

 राम्रो पहिरन पहिरनको बारेमा राम्रो जानकारी छैन भने कुनै केटी पट्याउने कुरा बिर्सिए हुन्छ। आफ्नो स्टाइलमा ध्यान दिनुपर्छ। कस्तो ठाउँमा कस्तो पहिरन गर्ने भन्ने कुरा सिक्नुपर्छ। स्टाइलिस्ट व्यक्तिको सहयोगबाट यी कुरा जान्न सकिन्छ। ‘क्लथ मेक द म्यान’ भन्ने त भनाइ नै छ। कपाललाई नयाँ रूप दिने कुनै राम्रो हेयरस्टाइलले तपाईंलाई पक्कै पनि नयाँ लुक दिन्छ। नयाँ हेयरस्टाइल बनाउन पर्खिरहनुपर्ने समय छैन। तुरुन्त हेयरस्टाइल चेन्ज गर्नुस् र प्रेमिकाको मन जितिहाल्नुस्। एजेन्सी
Powered by Blogger.