विश्वको ३८ देशमा विवाह गर्ने विचित्रको यात्रा - फोटोफिचर सहित

एजेन्सी । अमेरिकाको एक जोडीले संसारको विभिन्न देशमा गएर विवाह गर्ने निर्णय गरे । अहिलेसम्म उनीहरुले विश्वका विभिन्न देशमा पुगेर विवाह गरिसकेका छन् । उनीहरु अझै ३८ मुलुकमा पुगेर विवाह गर्न चाहन्छन् । अमेरिकाको लस एन्जल्स निवासी चिताह प्लाट र रिहान भुडयार्ड नयाँ स्थानमा पुगेर विशेष तरिकाले तस्वीर पनि खिचाउने गर्दछन् । यो जोडीले भारतको मुम्बईस्थित समुद्री तटमा पनि विवाह गरेका थिए । उनीहरुको गत वर्ष मगनी भएको थियो । उनीहरुले त्यतिबेलैबाट यसप्रकारको विवाह गर्ने निर्णय गरेका थिए । त्यसका लागि उनीहरुले कुनै पनि देशमा कुनै समस्या नपरोस भनेर कानुनी प्रक्रिया पनि पूरा गरे । दुवैले ८ फेब्रुअरीमा यात्रा सुरु गरे । उनीहरु इजिप्ट, आयरल्याण्ड, थाइल्याण्ड, भारतसहित कयौ देशमा पुगे । उनीहरु आगामी ८३ दिनसम्म यो यात्रा जारी राख्न चाहन्छन् । यात्रामा लाग्ने खर्च पूरा गर्नका लागि यो जोडीले अनलाइन डोनेशन मागेका छन् । उनीहरुले भनेका छन्–यदि तपाई हाम्रो यो अनौठो विवाह मन पराउनुहुन्छ भने सहयोग गर्नुहोस् । भुडयार्ड भन्छिन्–मानिसहरु एकै दिनको विवाह समारोहमा धेरै रकम खर्च गर्दछन् । जसबाट उनीहरु तनावमा हुन्छन् । तर यो निकै एक्साइटिङ छ र हामी लगातार घुमिरहेका छा्र । उनले भनिन्–मलाई यसरी पटकपटक विवाह गर्न निकै राम्रो लागिरहेको छ। रोचक पक्ष त उनीहरु दुवै पेसाले कलाकार हुन् ।

