Header Ads

मुटु बाहिर निस्किएको बच्चा जन्मियो

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज मुटु बाहिर भएको शिशुको जन्म भएको छ । झापा बनियानी–४ की श्रुति कार्की (दाहाल)ले बिहान ५ बजेर ५ मिनेटमा जन्माएको उक्त शिशुको मुटु शरिर बाहिरै रहेको छ ।

 चारदिन अघि सुत्केरी व्यथा लागेर प्रतिष्ठानमा उपचारका लागि ल्याइएकी श्रुतिको शल्यक्रियामार्फत बच्चा निकालिएको हो । कार्कीको शल्यक्रिया प्रतिष्ठानका डा रमेश श्रेष्ठले गरेका थिए । मुटु बाहिर रहेको शिशुको तौल दुई किलो ४०० ग्राम रहेको छ ।

 शिशुको अवस्था हालसम्म सामान्य रहेपनि बाहिर रहेको मुटु शल्यक्रिया गरेर भित्र राख्नेसम्मको उपचार सेवा प्रतिष्ठानमा नभएकाले थप उपचारका लागि कान्तिबाल अस्पतालमा सिफारिस गरिएको उपचारमा संलग्न डा श्रेष्ठले बताए।
Powered by Blogger.