Header Ads

गर्भवती प्रेमिका र प्रेमीलार्इ रुखमा यसरि झुण्ड्याइयो ...

एजेन्सी । भारतको झारखण्ड राज्यको राजधानी राँचीस्थित मुरी रेलवे स्टेशन नजिकै गर्भवती प्रेमिका र उनका प्रेमीलार्इ हत्या गरेर रुखमा झुण्ड्याइएको छ । बुधवार बिहानै पलाशको रुखमा झुण्ड्याइएको अवस्थामा उनीहरुको शव प्रहरीले फेला पारेको हो । घटनास्थलमा पुगेको प्रहरीले दुबै शवलार्इ रुखबाट झारेर पोस्टमर्टमका लागि अस्पताल पठाएको छ ।

प्रहरीको प्राराम्भिक जाँचमा उनीहरु दबैको हत्यापछि झुण्ड्याइएको खुलेको छ । प्रहरीले उनीहरु दुबैलार्इ युवतीका परिवारले हत्या गरी रुखमा झुण्डाएको जनाउँदै सोही अनुसार अनुसन्धान अघि बढाएको छ । झुण्ड्याइएका युवती र युवाहरु बस्दै आएको गाउँ घटनास्‍थल मुरीबाट नजिकै रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीका अनुसार अनुसार युवा पश्चिम बंगालको झालदा प्रहरी चौकी क्षेत्रको रानीडिह गाउँका थिए । युवती युवककै गाउँको दुरदाग गाउँ झालदा थाना क्षेत्रकी रहेकी थिइन् । उनी अविवाहित थिइन् तर युवकको भने तीन वर्षअघि विवाह भएको थियो । युवकको विवाह भएपछि उनीहरु दुर्इबीच प्रेम शुरु भएको थियो । प्रेममा परेपछि शारीरिक सम्बन्ध राखेपछि युवती गर्भवती भएकी थिइन् । युवती गर्भवती भएको खबर थाहा पाएपछि युवतीका परिवार रिसाएका थिए ।

युवती गर्भवती भएको थाहा पाएपछि सो रिसमा युवतीको परिवारले दुबैलार्इ हत्या गरेर रुखमा झुण्ड्याएको प्रहरीको प्राराम्भिक अनुसन्धानबाट खुलेको हो । युवक राँचीकै एक होस्टलमा कुकको काम गर्दै आएका थिए । मंगलबार मात्रै उनी आफ्नी प्रेमिकाको साथमा मुरी रेल्वे स्टेशनमा देखिएका थिए ।

मंगलबार सँगै देखिएका उनीहरुको शव स्वर्णरेखा नदी तटको किनारमा रहेको रुखमा झुण्ड्याइएको अवस्थामा भेटिएको हो । सवारीसाधन समेत जान नसक्ने ठाउँको रुखमा भेटिएको उनीहरुको शव प्रहरीले गाउँलेको सहयोगमा रुखबाट झारेका थिए ।
Powered by Blogger.