Header Ads

एसिड प्रकरण : संगीता र सीमाले दिए अस्पतालबाटै एसएलसी परिक्षा

काठमाडौ, चैत्र ५ । यसवर्षको एसएलसी परीक्षा आजदेखि सुरु भएको छ । आज पहिलो दिन विद्यार्थीहरुले अंग्रेजी विषयको परिक्षा दिएका छन् । यस वर्षको परीक्षामा ५ लाख ७४ हजार ६ सय ८५ जना परीक्षार्थी सहभागी हुँदैछन् । नियमिततर्फ २ लाख १२ हजार ५ सय ४ जना छात्र र २ लाख १३ हजार ७ सय १० जना छात्रा गरी ४ लाख २६ हजार २ सय १४ जना सहभागी हुनेछन् ।
एक्जाम्टेडतर्फ भने ५९ हजार २ सय ५३ जना छात्र र ८५ हजार ९ सय ३० जना छात्रा गरी १ लाख ४५ हजार १ सय ८३ जना सहभागी हुने छन् । प्राविधिकतर्फ भने २ हजार ३७ जना छात्र र एक हजार २ सय ५१ जना छात्रा गरी ३ हजार २ सय ८८ जना परीक्षामा सहभागी हुने छन् । सबैभन्दा बढी काठमाडौंमा ३४ हजार ५ सय ८७ जना र सबैभन्दा कम मनाङमा ७४ परीक्षार्थी रहेका छन् । यस वर्ष परीक्षाका लागि देशभरमा गरी एक हजार ८ सय ६२ परीक्षा केन्द्र कायम गरिएको छ ।

जसमा सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौंमा ९१ र सबैभन्दा कम मनाङ र मुस्ताङमा १ र १ वटा कायम गरिएको छ । एसिड प्रहार गरिएका दुई किशोरीले पनि आजबाट सुरू भएको एसएलसी परिक्षा दिएका छन् । संगिता मगरले केएमसी अस्पतालबाटै परिक्षा दिएकी छिन् भने सीमा बस्नेतले वीर अस्पतालबाटै एसएलसी दिएकी छिन् । संगीता मगरले सहयोगीको साथमा एसएलसी दिएकी थिइन् भने सीमाले आफै परिक्षा दिएकी थिइन् । यसअघि मन्त्रिपरिषदको बैठकले संगीता र सीमालाई अस्पतालको शैयाबाटै एसएलसी परीक्षा दिने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको थियो ।

केएमसी अस्पतालमा एसएलसी परिक्षा चलिरहेको समयमा छोरीलाई पर्खदै संगीताकी आमा । केएमसी अस्पतालमा एसएलसी परिक्षा चलिरहेको समयमा छोरीलाई पर्खदै संगीताकी आमा । एसएलसी दिइरहँदा स्वास्थ्य मन्त्री खगराज अधिकारी दुवै अस्पताल पुगेर उनीहरूको स्थितिबारे जानकारी लिएका थिए । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यकी पत्नी सुष्मा वैद्यले सामाखुसीको एक परिक्षा केन्द्रबाट एसएलसी परेिक्षा दिँदै । यस्तै, नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यकी पत्नी सुष्मा वैद्यले सामाखुसीको एक परिक्षा केन्द्रबाट एसएलसी दिएकी छिन् ।
Powered by Blogger.