कुवेतमा पक्राउ परेकी गोमाको उद्धारको पहल सुरु
नवलपरासी, चैत ५ । लागुऔषध कारोबारको आरोपमा कुवेतको जेलमा परेकी नवलपरासी कावासोती–८ की गोमा दराईलाई छुटाउन नेपाली दूतावासले पहल सुरु गरेको छ ।
कावासोती नगरपालिका–८ निवासी गोमा लागूऔषधको आरोपमा पक्राउ परेको समाचार विभिन्न सञ्चार माध्यमबाट प्रकाशित भएपछि दूतावासले उनको उद्धार प्रक्रिया अघि बढाएको हो ।
वैदेशिक रोजगार विभागले पनि यसबारे चासो लिँदै आवश्यक समन्वय गरिरहेको छ । गोमा दराईका बारेमा आधिकारिक जानकारी आएसँगै उनको उद्धारको पहल सुरु गरिएको कुवेतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।
कुवेतमा पक्राउ परेको र २५ वर्ष जेल सजाय सुनाएको भन्दै उद्धार गरिदिन परिवारका सदस्यहरुले सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र नवलपरासीलाई आग्रह गरेका थिए । केन्द्रले प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) काठमाडौँलाई सम्पर्क गरी गोमाको मुद्दाबारे जानकारी गराएको थियो ।
पिएनसिसीले दूतावास र वैदेशिक रोजगार विभागसँग समन्वय गरी उद्धारको प्रक्रिया अघि बढाएको थियो । समितिले विदेशमा मृत्यु भएका वा दुःख पाएर अलपत्र परेकालाई उद्धार गर्दै आएको छ ।
कुवेतस्थित दूतावासकी श्रम सहचारी ढकालका अनुसार अदालतले मुद्दाको फैसला सुनाइसकेको छैन । अदालतको अन्तिम फैसला नआइसकेकाले उहाँलाई उद्धार गर्न केही सहज हुने अपेक्षा गरिएको छ ।
यो पनि पढ्नुहोस !