आजदेखि दैनिक २ घण्टा लोडसेडिङ घट्यो - तालिकासहित
काठमाडौ, चैत २ । नेपाल विद्युत प्राधिकरणले आजदेखि लागु हुने गरी लोडसेडिङको समय घटाएको छ ।
यसअघि दैनिक ११ घण्टा लोडसेडिङ हुँदै आएकोमा अबदेखि दैनिक ९ घण्टाका दरले लोडसेडिङ हुनेछ ।
विद्युत चुहावटमा केही कमी आएको र मध्य मर्स्याङदीलगायत केही आयोजनाहरुमा गरिएको सुधार तथा जलाशययुक्त कुलेखानी जलविद्युत आयोजना संचालनमा ल्याएर लोडसेडिङ घटाइएको प्राधिकरणले जनाएको छ ।