बलिउड नायिका आलिया भट्ट आजबाट २२ बर्षमा
काठमाडौं । बलिउडमा सर्वाधिक क्यूट नायिकाको छवि बनाएकी आलिया भट्ट आजबाट २२ बर्षमा लागेकी छिन् । सन् १९९३ मार्च १५ तारिखमा उनी मुम्बइमा जन्मिएकी हुन् ।
पिता महेश भट्ट र आमा सोनी राजदानको कोखबाट जन्मिएकी आलियाले सन् २०१२ मा चलचित्र ‘स्टुडेन्ट अफ द ईयर’बाट बलिउडमा पाइला राखेकी थिइन् । तर, उनी सन् १९९९ मा चलचित्र ‘संघर्ष’मा बाल कलाकारको रुपमा देखिएकी थिइन् । आलिया छोटो समयमा नै बलिउडमा चर्चित बनेकी नायिका हुन् ।

उनले आफ्नो पहिलो चलचित्र होम प्रोडक्शनबाट खेलेकी थिइनन् । निर्माता करण जोहरले चलचित्र ‘स्टुडेन्ट अफ द ईयर’मा ४ सय जना यूवतीको अडिशन लिएका थिए । जसबाट आलिया भट्ट मुख्य नायिकाको रुपमा छानिएकी थिइन् ।
आलियाले चलचित्र ‘टू स्टेट, हाइवे, हम्टी शर्मा कि दुल्हनियां’मा काम गरिसकेकी छिन् । उनी नायक शाहिद कपुरसँग चाडै नै चलचित्र ‘शानदार’मा देखिदैछिन् । आलियाले आफ्ना सबैजसो चलचित्रमा चुम्बनको दृश्य दिएकी छिन् ।
उनले चलचित्र ‘टू स्टेट’मा दिएको चुम्बनको दृश्यले सर्वाधिक चर्चा पाएको थियो । उनी बलिउड नायिका करिना कपुरकी फ्यान हुन् । आलिया गायिका र पेन्टर पनि हुन् ।