एसिड पीडितलाई नोबेलमा छात्रवृत्ति
काठमाडौं । एसिड आक्रमणमा परेका दुई छात्रालाई नोबेल एकेडेमीले प्लस टु अध्ययनका लागि छात्रवृत्ति दिने भएको छ ।
केही समयअघि एसिड आक्रमणमा परी घाइते भएका छात्राहरुले अस्पतालबाटै एसएलसी परीक्षा दिएका छन् । वसन्तपुरस्थित ट्युसन सेन्टरमा एसिड आक्रमणमा परेका कान्ति ईश्वरी स्कुलमा अध्ययनरत छात्रा सीमा बस्नेत र शान्तिकुञ्ज स्कुलमा अध्ययनरत संगीता मगरले अस्पतालबाटै एसएलसी परीक्षा दिँदै छन् ।

सीमा बस्नेत वीर र संगीता मगरले केएमसीमा उपचार गराइरहेका छन् । नोबेल एकेडेमीका संस्थापक अध्यक्ष सुरेन्द्र श्रेष्ठले साइन्स र म्यानेजमेन्ट जे पढे पनि दुवैजनालाई छात्रवृत्ति दिने निर्णय भएको बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।