स्वाइनफ्लुले दिनहुँ चार जना आइसियुमा, दुई पुरुष र दुई महिला गरी चारको मृत्यु
काठमाडौं, चैत्र ८ । राजधानीका अस्पतालहरुमा दिनहुँ चार जना स्वाइनफ्लु संक्रमितहरु आइसियु वा भन्टिलेटरमा पठाइने गरेको छ ।
स्वाइन परीक्षणका निम्ति राष्ट्रिय जनस्वाथ्य प्रयोगशालामा दिनहँ आउने नमूनामध्ये सरदर चार वटा आइसियु वा भेन्टिलेटरमा उपचाररत बिरामीहरुको हुनेगर्छ ।
स्वाइन परीक्षणका निम्ति राष्ट्रिय जनस्वाथ्य प्रयोगशालामा दिनहँ आउने नमूनामध्ये सरदर चार वटा आइसियु वा भेन्टिलेटरमा उपचाररत बिरामीहरुको हुनेगर्छ ।

‘स्वाइन संक्रमण गर्मीसँगै घट्नुपर्ने हो तर अझै कम भएके छैन,’ जनस्वाथ्य प्रयोगशाालामा एक विज्ञले भने, ‘दिनहुँ तीनदेखि चारजनासम्म त आइसियु/भेन्टिलेटरकै संक्रमितको परीक्षण गर्छौँ ।’
सरकारी तथ्यांकअनुसार मुलुकमा गत बिहीबारसम्म प्रयोगशाला प्रमाणित संक्रमितके संख्या तीन सय २७ पुगेको छ ।
स्वाइनफ्लुबाट दुई महिला र दुई पुरुष गरी चार जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेको उमेर ४२ देखि ४८ वर्षसम्म छ । कान्तिपुर दैनिकबाट