Header Ads

मिति: वि.सं.२०७१ साल चैत्र ८ गते । आईतबार । हेर्नुहोस तपाईको आज कस्तो छ ?

    मिति: २०७१ चैत्र ८ आईतवार
  • मेष
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    वादविवादको योग छ। खर्च वृद्धि हुनुका साथै व्यापार व्यवसायमा अवरोध आउनेछ। सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ।
  • वृष
    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    शारीरिक सौन्दर्य रुचि बढ्नेछ। परिश्रम धेरै गर्नुपर्नेछ। जागिरमा पदोन्नति वा स्थानान्तरण हुनेछ।
  • मिथुन
    का, कि, कु, घ, ङ, छ, के, को, हा
    भाग्योदयको योग छ। राजनीतिक सक्रियता बढ्ने देखिन्छ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्ला।
  • कर्कट
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    शत्रु सबल रहन सक्छन्। अध्ययनअध्यापनमा सन्तुष्टि मिल्नेछ। मानसम्मान पाइनेछ।
  • सिंह
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    साथीभाइको सहयोग प्राप्त हुनेछ। बन्धुको सहयोगले अधुरा काम बन्नेछन्। धार्मिक कार्यमा सफलता मिल्नेछ।
  • कन्या
    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    आम्दानीका स्रोत बढ्नेछन्। व्यवासयमा परिवर्तन आउन सक्छ। प्रियजनसँग भेटघाट हुनेछ।
  • तुला
    रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    प्राविधिक पक्ष सबल रहनेछ। धार्मिक कार्यमा संलग्न हुने अवसर मिल्नेछ। अनुसन्धानात्मक कार्यमा सफलता मिल्नेछ।
  • वृश्चिक
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    दुर्लभ वस्तु प्राप्तिले मन प्रसन्न रहला। खर्च वृद्धि हुनेछ। आय आर्जनमा गतिरोध आउने देखिन्छ।
  • धनु
    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    साताको सुरु बाहेकका बाँकी सबै दिनहरू अनुकूल रहनेछन्। शनिबार नितान्त प्रतिकूल रहनेछ। आइत, सोमबार निर्णय क्षमताको विकास हुनेछ। मंगल, बुध, बिहीबार सहकार्यमा लाभ मिल्नेछ। शुक्रबार सबै प्रकारले अनुकूल रहनेछ।
  • मकर
    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
    साताको अधिकांश दिन अनुकूल रहनेछन्। शनिबार कीर्ति बढ्नेछ। दायित्व थपिनेछ। आइत, सोमबार भयप्रद रहनेछ। मंगल, बुध, बिहीबार बौद्धिक काम हुनेछ। सहयोग पाइनेछ। शुक्रबार सर्वाधिक सफलता मिल्नेछ।
  • कुम्भ
    गु, गे, गो, सा, सि, सु, से, सो, दा
    साताको सुरु र अन्तिम अनुकूल रहनेछ। शनिबार आर्थिक र मौखिक पक्ष सबल रहनेछ। आइत, सोमबार क्रियाशीलता बढ्नेछ। मंगल, बुध, बिहीबार दुविधात्मक रहनेछ। शुक्रबार बौद्धिक चिन्तन मनन गरिनेछ।
  • मीन
    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    साताको अन्तिम बाहेकका बाँकी सबै दिनहरू अनुकूल रहनेछन्। शनिबार भाग्योदयकारक रहनेछ। आइत, सोमबार अर्थपूर्ण काम गरिनेछ। मंगल, बुध, बिहीबार दीर्घकालीन कार्ययोजना तय हुनेछ। शुक्रबार शिथिल रहनेछ।
© Copyright : baralguru, All Rights Reserved.
Powered by Blogger.