Header Ads

जेठ १५ मा पनि नआउने भो संविधान !

काठमाडौं,चैत १२ । कार्यतालिकाअनुसार संविधान दिनुपर्ने ८ माघको मिति गुज्रेको झन्डै दुई महिना बितिसक्दा पनि दलहरुले नयाँ मितिको राजनीतिक प्रतिवद्दतासमेत जनाउन सकेका छैनन् । प्रमुख दलका केही शीर्ष नेताले १५ जेठमा संविधान जारी गर्ने अभिव्यक्ति दिइरहेका छन् ।

 तर अहिले प्रक्रियाअनुसार पनि १५ जेठमा संविधान जारी गर्न सम्भव छैन । कार्यतालिकाअनुसार संविधान निर्माणको अहिलेको प्रक्रिया एक सय २० दिनको छ । विवादित विषयमा सहमति खोज्ने बिन्दुबाटै कार्यतालिका संशोधन गरे पनि १५ जेठमा मस्यौदा पनि कठिन छ ।

संविधानका आधारभूत विषयमा अहिलेसम्म सहमति भएको छैन । सहमति र प्रक्रिया कुन विषय अघि बढाउने भन्ने विषयमा दलहरुबीच मतभिन्नता कायमै छ । विवादित विषयमा सहमति गर्ने वा प्रक्रियामा लैजाने भन्ने विषयमा कुरा नमिलेसम्म कार्यतालिका संशोधनको पनि टुंगो छैन ।

संविधानसभा अध्यक्ष सुवास नेम्वाङले राजनीतिक दलका शीर्ष नेतालाई ११ चैतसम्म सहमति गर्न आग्रह गरेका थिए । तर,दलहरुले १५ चैतसम्म सहमति गर्ने वा प्रक्रियामा लैजाने भन्ने विषयमा कुरा नमिलेसम्म कार्यतालिका संशोधनको पनि टुंगो छैन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Powered by Blogger.