जबरजस्ती करणी प्रयास गर्ने सार्कीलाई कुटेर मारियो
ओखलढुंगा, चैत ७ । जबरजस्ती करणी प्रयास गर्दा प्रतिवादमा पिटिएको भनिएका ओखलढुंगाको दियाले ९ का ४२ वर्षिय टिकाबहादुर सार्कीको मृत्यु भएको छ ।

गत सोमबार राती पिटिएका सार्कीको ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा उपचारको क्रममा आज मृत्यु भएको हो ।
उनको टाउको र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो ।
