Header Ads

कण्डममा हालेर सुनको तस्करी यसरि गर्दै

काठमाडौं, फागुन २७ । सिन्धुपाल्चोकको खासाबाट लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले चारजनालार्इ चार किलो अवैध सुनसहित बुधबार भक्तपुरको सल्लाघारीबाट पक्राउ गरेको छ ।

कण्डममा हालेर मलद्वारभित्र लुकार्इ काठमाडौं ल्याउँदै गरेको अवस्थामा चारैजनाबाट सो परिमाणको सुन बरामद गरेको महानरीय प्रहरी अपराध महाशाखा हनुमान ढोकाका प्रमुख एसएसपी पुष्कर कार्कीले अन्नपूर्ण पोस्ट्लार्इ जानकारी दिए ।

अपराध महाशाखाको टोलीले खानतलासी गर्ने क्रममा रामेछापका भरत कार्की र लक्ष्मण कार्की, दोलखाका सुनिल कुमार थापा र काठमाडौं थापाथलीका र्इश्वर बस्नेतको मलद्वारभित्र कण्डमममा हालेको अवस्थामा चार किलो अवैध सुन बरामद भएको एसएसपी कार्कीले जानकारी दिए ।

अपराध महाशाखाको टोलीले पक्राउ परेका चारैजनालार्इ बरामद अवैध सुनसहित राजस्व अनुसन्धान हरिहर भवनमा बुझाएको छ । प्राराम्भिक अनुसन्धानबाट उनीहरु भरिया रहेको खुलेको छ’, एसएसपी कार्कीले भने, ‘अनुसन्धान जारी रहेकाले उनीहरुलार्इ प्रयोग गरेर सुन तस्करी गर्नेहरुसम्म पुग्न केही समय लाग्छ ।’

महानगरीय अपराध महाशाखाको टोलीले केही दिनअघिमात्रै सुन तस्करीमा संलग्न व्यापारीहरुसहितको ठूलो गिरोहलार्इ पक्राउन गर्न सकेको थियो ।
Powered by Blogger.