बलात्कृत बालिकाको शव सडकमै, माग पुरा नहुन्जेल दाहसंस्कार नगरीने
संजय तिवारी, कलैया, बारा । दुई साता अघि बलात्कृत बालिकाको शव सहित प्रदर्शनमा उत्रेका कलैया बासीहरुले बुधबार पनि प्रदर्शन जारी राखेका छन् । कलैयाको भरत चोकमा बलात्कृत बालिकाको शवराखी मंगलबारदेखी उनीहरु प्रदर्शनमा उत्रेका हुन् । आन्दोलनले बजार, यातायात बन्द रहेको छ ।
आफ्ना माग पुरा नहुन्जेल सम्म शवको दाहसंस्कार नगरी प्रदर्शन जारी राखिने बेटी बचाउँ संघर्ष समितिका अध्यक्ष एवं पुर्वसभासद प्रमोदप्रसाद गुप्ताले बताए । बलात्कार पछि मृत्यु भएको ७ बर्षीया पुजा साहको वुवा ब्रह्मनारायण साह, अध्यक्ष गुप्ता, रामबाबु यादव, दिपलाल साह लगायतका धर्नामा बसेका छन् । कलैया सहित वरपरका गाउँहरुमा बिगत केही समय यता श्रृखंलाबद्ध तरिकाले बढदै गएको बालबालिकाको बलात्कार, हत्या, अपहरण लगायतका आपराधिक कृयाकलापको बैज्ञानिक अनुसन्धान गर्नुपर्ने, नैतिकताको आधारमा गृहमन्त्रीले राजिनामा दिनुपर्ने, पीडित परिवारलाई छतिपुर्ति दिनुपर्ने माग सरकारले पुरा गर्नुे भन्दै उनीहरु धर्नामा बसेका हुन् ।

कानुनमा बालबालिका बलात्कार र हत्याका दोषीलाई मृत्यु दण्ड दिने कानुन बनाउँन समेत माग गरिएको बेटी बचाउँ संघर्ष समितिका सचिव मुकेस साहले बताए । केही समययता आपराधिक कृयाकलाप बढदै गएको भएपनि सरकारले शान्ति सुरक्षा दिन नसकेकोमा यस्ता घटना बढदै गएको नेकपा एमाले निकटको अखिल नेपाल महिला संघ बाराका प्रचार बिभाग प्रमुख अनिता साहले बताईन् ।
सरकारले कडा कानुनको निर्माण गरी बिगतका आपराधिलाई कारवाही नरेकै कारण बालबालिकाहरु असुरक्षित बन्दै गएको साहको भनाई रहेको छ । स्थानीय प्रहरी प्रशासनको फितलो सुरक्षा नीतिकै कारण यस्ता घटना घटदै गएको तराई मधेस लोकतान्त्रिक पार्टी बाराकी महिला नेतृ पिंकी यादवले बताईन् । एक सय ५ औ अन्तर्राष्ट्रिय महिला दिवशकै दिन गत आईतबार साझ काठमाडौं स्थित कान्ति बाल अस्पतालमा उपचारको क्रममा बालिकाको मृत्यु भएको हो ।
फागुन ८ गते बलात्कार पछि साह अचेत अवस्थामा फेला परेकी थिईन् । यस्ता आपराधिक कृयाकलापमा संलग्नलाई कडाकारवाही गर्नुपर्ने माग गर्दै बिभिन्न संघ संगठनले आन्दोलनमा समर्थन जनाउँदै सक्रिय रुपमा आन्दोलनमा उत्रेका छन् । आन्दोलनले बजार, यातायात बन्द रहेको छ ।
केही समययता सदरमुकाम कलैया सहित बारामा अपहरण, हत्या, बलात्कार जस्ता आपराधिक कृयाकलाप बढेकोले स्थानीय त्रसित भएका छन् ।- तस्बिर /संजय तिवारी/न्यूजअभियान डट कम बाट