Header Ads

नायिका तथा मोडल झरना बज्राचार्यको मलेसियामा हुने भो घरजम - फोटो फिचर सहित

काठमाडौं । नेपाली नायिका तथा मोडल झरना बज्राचार्यले आफ्नै केटा साथी राहुल अग्रवालसँग लगनगाँठो कसेकि छिन् । भरना र राहुलको गत बिहीबार सितापाईलास्थित झरनाकै घरमा एक भव्य समारोहका बीच बिबाह सम्पन्न भएको थियो ।

गत शुक्रबारवाट ३४ बर्ष लागेकि भरनाका पति राहुल भारतीय हुन् । मलेसियाको राजधानी क्वाललाम्पुरमा होटल व्यवसाय संचालन गर्दै आएका राहुल र झरनावीच करिब ३ वर्ष अगाडीवाट चिनजान भएको थियो । त्यहि बेलादेखि उनीहरु प्रेममा थिए ।

बैबाहिक समारोहमा दुवै पक्षका परिबारका सदस्यहरुको उपस्थिति थियो । बिबाहपछि उनीहरु हनिमुनका लागि जोमसोम जाने कार्यक्रम छ । जोमसोम जानेक्रममा पोखराको बराही होटलमा पनि बस्ने जनाईएको छ । त्यसो त, गत वर्षदेखि झरनाले पनि आफ्नो समय आधा मलेसिया र आधा नेपाललाई दिदैं आएकि थिईन् । भर्खरै उनले क्वाललाम्पुरमा मेडिटेसन शुरु गरेकि छिन् ।


Powered by Blogger.